कोरोनापछि शुरू गरेको तरकारी बारी : भगवती रानाभाट

लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएकी भगवती रानाभाट डिस्चार्ज भय लगतै निकैनै चर्चामा आएकी थिइन। कोभिड९१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी थिइन् । उनै समाज सेवी रानाभाट आफ्नो फेसबुक वालमा बिशेष भिडियो संदेश दिन खोजी रहेकी छन् ।

उनि लेख्छिन : आफूलाई कोरोना भाईरसको संक्रमण भएको कुरालाई अस्पतालको बेडबाट सार्वजनिक गरे लगत्तै संपूर्ण नेपालीहरूको मायॉ, सदभाव, प्रार्थना र शुभेच्छाले मलाई थप उर्जा मिलेको छ अझ भन्दा परिवार र साथीभाईहरूबाट पाएको साथ र हौसलाले आत्मबल झन बढेको छ ।

यस भिडियोलाई यहाँहरू समक्ष सार्बजनिक गर्नुको उध्धेष्य हामीले आफ्नो फूर्सदको समयलाई संभव भए सम्म अलिकती मात्रै भए पनि माटों र विरूवासंग सदुपयोग गर्न सके त्यसबाट मिल्ने मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावलाई जोड़ दिनु हो । आशा छ हाम्रो सानो प्रयासलाई मन पराईदिनु हुनेछ । सहॉहरूको समयको लागि धन्यवाद ।

हेर्नुहोस भिडियो :