जागिर छैन देशमा गरिबको झोला सधै रित्तो : सुजाता बस्नेत केसी

जागिर छैन देशमा
फुर्सदले बिहान बेलुकि जिन्दगी रितै रित्ताे २
कहिले माछा मार्न उचालिन्दै पुग्छु
कहिले काफल टिप्न साथी बटुल्छु
न घरमा जाँताे कराउँछ
न त घरमा ढिक्की बाज्छ
अlमा बुबा हजुरबुबाकाे
एक अन्जुलि खुशी थाप्ने
हत्केला सयाैं बर्ष भयाे रितै रित्ताे २
वैज्ञानिक इन्जिनियर बन्छु भन्ने
छाेरा छाेरीले स्कुल काँहा देखेर
गरीबकाे झाेला संधै रितै रित्ताे २

घरकाे छानाे दलान र अlगन
चुलाे भांडा कुडा र मझेरी रित्ताे
अlमाले उचाल्ने डाडु पुन्यु सघैं रितै रित्ताे २
चिसाे सिरेटाेले थप्पड हान्दैचिच्याउदा
भाई बहिनीकाे खाट रितै रित्ताे
टालाटुली बटुलेर ढाकेकाे शरीर
घर भाेरी सबैकाे रितै रित्ताे
सिस्नाे मुन्टाकाे झाेल कति पिउनु
चामल थाप्ने बटुकाे संधै रितै रित्ताे २
गिठ्टा भ्यागुर र पड्के च्याउ
काहाँ पाइन्छर जंगलमा
बुबा घर फर्किन्दा झाेला सधैं रितै रित्ताे २

एकहल गाेरु छैनन दाम्लाेमा
जेठा दाजुकाे बल बैंश सधै रितै रित्ताे २
एक घुट्काे माेहीकाे तिर्सना
अlजकल गाँउमा काँहा मेटिन्छर
सबै साथी अरब हिडे पछि
बेंशीकाे गाईगाेठ सधैं रितै रित्ताे
बन्चराे घाँस दाउराकाे के काे माेल छ र
पसिना संग जुध्दा जुध्धै पाेल्टाे रितै रित्ताे
अlखाकाे अlसुलाई बास दिने
परेली गरिबीकाे सघै रितै रित्ताे
अनि गरिबकाे अlसै अlसकाे झाेला
कहाँ भरिन्छ र सधै रितै रित्ताे २