खाडी को डोरी लाहुरेले गर्नु भयो २५ हजार सहयोग

समाजसेवी तथा सफल व्यवसायी सन्तोष गौतमको फेसबुक स्टाटस अनुसार बिचरा दुखि: पिडित पाण्डे जसले दुवै हात खुट्टा गुमाउनु भएको छ र उहाको लागि गौतम निरन्तर सामाजिक अभियन्ता को भूमिका निभाई रहनु भएको छ । उहा लेख्नु हुन्छ :

हार्दिक आभार ,
आफ्नो परिचय नखुलाइ रु २५०००! सामाजिक अभियन्ता रमा वलि ज्युले सामाजिक सन्जालमा गरेको आव्हान मार्फत #खाडिको डोरि लाहुरे नाम राखि समाजसेवा गर्ने तपाइले सामाजिक सन्जालमा हेरेको भरमा हृदय देखि सहयोग गर्नु भएको छ ‌। तपाइले परिचय भन्दा ठुलो भावना हो भन्ने सन्देस दिनुभएको छ ।

गुल्मी सत्यवती गाउपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डेयको दर्दनाक घाउमा साउदी बाट रु २५,००० पच्चिस हजार रूपैयाँ सहयोग गरि उहाकै बैक खातामा पठाउनु भएकोमा तपाईलाई हार्दिक नमन सम्मान छ ।

आफ्नो परिचय नखुलाई हरेक माध्यमबाट स्वच्छ मनले सहयोग गर्दै आउनु भएका तपाइ खाडिको डोरि लाहुरे ज्यु समन्वयका लागि सामाजिक अभियन्ता रमा वलि ज्यु दुवैलाइ यो महान कार्य प्रति हार्दिक नमन एवं तपाइको उत्तरोतर प्रगतिको कामना ।

तल को भिडियो हेरी सकी पछि बिचारा पाण्डे दाइ कि जीवनी र कसरी यस्तो दुर्घटना मा पारेर हात खुटा गुमे पुरा भिडियो हेर्नुहोला र तपाई पनि सहयोगी मन बनेर सहयोग गर्न चाहनु हुन्छ भने पक्कै सम्पर्क गर्न सक्नु हुनेछ धन्यबाद ।