रुदैछन् भन के गर्यौ यसमहाँ लिपू लिम्पियाधुरा , गर्दैनौ किन हो रसित थलका कालापानीका कुरा : प्रज्ञा घिमिरे

कालो वादल त्यो उठ्यो नभमहाँ पश्चिम डुबायो कि त
सौम्य भै रहने शैपाल मनको पाटो रुवायो कि त
रुदैछन् भन के गर्यौ यसमहाँ लिपू लिम्पियाधुरा
गर्दैनौ किन हो रसित थलका कालापानीका कुरा

हेर्छौ के जन हो गएर यसरी छानो बसालेपछि
जोडिन्छौ कसरी सहेर घरको जगै खसालेपछि
सम्झिन्छौ देशको महिमा यसको बैरी उदाएपछि
ब्युझिन्छौ बलमा शरिर स्थलमा गाडी कुदाएपछि

बोल्दैछन् जनता रहेन भरता हुदैछ के भुलमा
बस्दैछौ कसरी सहेर भमरा वाग्वानीका फूलमा
फकृन्छौ कसरी बनेर अबला बोटै चुडाएपछि
सम्झिन्छौ पर के उतातिर नयाँ गाडी गुडाएपछि

देख्दैथ्यौ सपना ढली शयनमा हेर्दै तगारोतिर
हातैले बल त्यो लगाइ शरले ताकेर हान्यो शीर
काली त्यो शरको आवाज सँगमा धर्किरहेको थियो
सुन्नै लौ नसकी सजीव पहरा चर्किरहेको थियो

सुझायौ सबमा भन्यौ मनहरु मिल्छन् मिलाएपछि
लुकायौ हर त्यो सबै शरीरको वस्त्रै बिलाएपछि
देखाउँछौ कसरी सहेर चोटमा खाटो पलाएपछि
थिचिन्छ मूटू यो भन्यौ हृदयमा गाडी चलाएपछि

फैलिन्छौ कसरी हिमाल शीरमा आगो बलाएपछि
खुल्छौ के अबता रमेर यसमा गाडी चलाएपछि॥

धन्यवाद॥
प्रज्ञा घिमिरे काठमाडौँ