साऊदीमा हुनुहुन्छ तपाई ? घरमा पैसा मोबाईलबाटै सजिलो तरिकाले उच्च रेटमा यसरी पठाऊनुहोस्

विष्णु विक्रम निरौला, धनकुटा खबर । तपाई साऊदीमा हुनुहुन्छ ? कोरोना कहरको बीच पनि काम पाईरहनु भएको छ वा तलब पाईरहनु भएको छ भने कोठा या क्याम्पमै बसेर सजिलो तरिकाले उच्च रेटमा पैसा पठाऊन सक्नुहुनेछ । ‘एसटिसी पे’ बाट तपाईले कोरोना कहरको समय वा अन्य जुनसुकै समयमा पनि यसबाट पैसा पठाऊन सक्नु हुने छ । ‘एसटिसी पे’ नेपाल पठाइएको रकम नेपालको नियम अनुसारले नै तपाईका आफन्तले झिक्न पाउनेछन् वा तपाईले पठाऊनुभएको खातामा सिधै जम्मा हुनेछ ।

यो तरिकाबाट पैसा पठाए तुरुन्तै भुक्तानी वा बैंक खातामा जम्मा हुने साऊदी अरबमा कार्यरत एकजना बताऊछन । उनी भन्छन,- जब मैले एसटिसी पे प्रयोग गर्न शुरु गरे तब देखिनै बैंकमा लाईन बस्ने झण्जटबाट मुक्त भएको छु । यसबाट अन्य वैंकको तुलनामा रेट पनि धेरै पाईन्छ र पठाऊने चार्ज पनि अरुभन्दा कम छ । उनका अनुसार पैसा पठाऊदा ‘एसटिसी पे’ ले १५ रियाल मात्र चार्ज लिनेगरेको छ र पैसा पठाए बापत ५ रियाल क्यासब्याक पनि दिने छ ।

कसरी पठाऊने पैसा ?
‘एसटिसी पे’ बाट पैसा पठाऊनको लागि सबैभन्दै पहिला मोवाईलमा ‘एसटिसी पे’ एप डाऊनलोड गर्नुहोस् । डाऊनलोड पछि साईन अप गर्न मोवाईलको लोकेशन खेलेर तपाईको ईकामा नम्बर, फोन नं, पासवर्ड आदि राखेर साईनअप गर्नुहोस् । एक्टिभसन कोड तपाईको मोबाईलमा एसएमएस आउने छ । एसएमएसमा आएको कोड राखेर तपाईको ‘एसटिसी पे’ भेरिफाई गर्नुहोस् । यसरी लगईन गरिसकेपछि साद कोड अटोमेटिक कनेक्ट हुन्छ र तपाईले अरब नेशनल बैंक र रियाद बैंकको दुई खाता नम्बर अटोमेटिक पाऊनुहुनेछ ।

बैंक खातामा कम्मनीले पठाएको तलबलाई ईच्छा अनुसार ‘एसटिसी पे’ भित्र रहेको अरब नेशनल बैंक वा रियाद बैंकको कुनै खातामा पैसा पठाउनुहोस् । यसरी पठाऊनु भएको पैसा ‘एसटिसी पे’को वालेटमा देख्न सक्नुहुनेछ त त्यो पैसालाई ईच्छा अनुसार आफूले चाहेको व्याक्तिलाई पठाऊन वा बैंक खातामा जम्मा गर्न सक्नुहुनेछ ।

यो पोष्ट तपाईलाई सहयोगी लागेमा लाईक, कम्मेन्ट गर्न नभुल्नुहोस् र शेयर पनि गर्नुहोस् ।