रुकुम घटनाका अपराधीलाई बर्दी लाउनेले कारवाही नगरे बर्दी बिहिन हामीले कारवाही गर्छौ

सरु सुनार
रुकुम घटना नेपाल कै इतिहासमा जातको आधारमा यसरी सामुहिक दलित युवाहरुलाइ दिन दाहडै ढुङ्गा मुढा गरि मारिएको यो पहिलो घटना हो ।
रुकुम चौरहजारी नगरपालिका -८ सोतीकी सुस्मा मल्लसगको प्रेममा परेका जाजरकोट भेरी नगरपालिका ४ रानागाँउका नबराज बिकको निस्वार्थ प्रेममा परी दुबै जनाको राजिखुसीमा बिवाहा गर्न पुगेका थिए ।

विभिन्न बाहाना गराइ नबराज बिक कै घरमा गएर ४ दिन कहिले २ दिन कहिले बिताउने सुस्मा मल्लले आफ्नो प्रेमलाई अन्तिम रुप दिन गत शनिबार जेष्ठ १० गते सनिवार नबराजलाई आफुलाई बिवाहा गरि सधैको लागि आफ्नो बनाउन बोलाएकी थिइन ।

एक महिना अगाडि नबराज आफ्ना दुई साथी सहित रुकुम जादा छोरी भेट्न आयो भनी सुस्माको आमाले पुलिस लगाइ कुटपिट गर्दै बुझाएकी थिइन ।कारण थियोे नबराज कथित तल्लोजातको र सुस्मा उच्च जात भन्नेको परिवार ।

नबराजले यहि डरले आफ्नो १८ जना साथि सहित सुस्माले बोलाएको मितिमा … सुस्मालाइ सधैको लागि आफ्नो बनाउन गए तर नबराज आउने कुरा सुस्माको परिवारलाई पहिले नै खबर पुगेको थियो । घर नजिक आउना साथ भाला, खुकुरी लिएर तयारी अबस्थामा बसेका सुस्माका आफन्त र गाउलेले नबराज र उनका साथिलाइ ढुङ्गा मुढा गर्दै खेदाउन थाले ।पहिलो तार्केट थिए नबराज बिक ।

उनलाई कुटि कुटि मारियो र भेरी नदिमा फालियो उनी सगै उनका साथी ५ जना लाई पनि मारेर भेरी नदिमा फालियो । जतिबेला दिनको ५ बजेको थियोे । गाउलेले मारेर काम सिध्याय र बाकी घाइते अबस्थामा रहेका साथीहरुलाइ प्रहरीले पक्डियो ।

जब नबराजका आफन्त ( साथी ) ले एउटा लास नदिबाट बग्दै गर्दा लास निकालेको भिडियो फेसबुकमा हाले पछि भाइरल भयो । तब सम्म राज्य बेखबर छ । नबराजको लास भेटिदा टाउको भरी चोट हतियारले हानेको चोट र पानी नै पिएको थिएन भन्छन् प्रतक्ष लास निकाल्ने युवा । तर अपराधीलाई गिरफ्तार गर्नुको सट्टा ज्यान जोगाउन सफल भएका युवाहरूलाई पक्डिन्छ ।

सुस्मालाइ लिन आउदै छन् भनी हत्याको योजना गर्ने को ? भाला, खुकुरी लिएर ढुङ्गा बर्साउने पुरै भेरी नदि वरिपरि तयारी गरि बस्ने कति जना छन् ?
हत्यामा सम्लग्न अपराधी र मतियार कति र को को हुन? अतालिएर भेरी नदिमा हाम फाल्दा मरेको भए पानीले बगाउदा पानी खाएर पेट ढाडिनु पर्ने होइन ? तर मृतकका पेटमा पानी नै नहुनु यो सरासर मारेर फालेको होइन ? जब सुस्मा आफै ४,२ दिन नबराजको घरमा गएर रात बिताउने कसरी बच्चा भयो ?

वडा अध्यक्षको प्रतक्ष सहयोग मै यत्रो घटना घटेको छ तर उसलाई छुटाउन किन बल प्रयास गरियो ? अनुत्तरित धेरै शका गर्ने ठाउँ आएका छन् । रुकुम जिल्ला जनयुद्धको उदगम थलो र जनयुद्ध हाक्ने बरिस्ठ नेताहरु रुकुम कै छन् । जनयुद्धको बेला दलित सर्बहाराको मुक्तिको सपना बाडेर हजारौं दलित युवा र महिला बन्दुक बोकि जनयुद्धमा होमिए आज जनयुद्धका नायक प्रचण्ड , पुस्प कमल दाहाल बने सत्तामा पुगे , बादल राम बहादुर थापा बने , जनार्दन शर्मा डेपुटी कमान्डर आज दुई तिहाइ नेकपाको सरकारको नेतृत्वमा छन् तर आज छुवाछूत मुक्त , सर्बहारा बर्गको मुक्ती , अधिकारको लागि बन्दुक बोक्ने र रगत बगाउने समुदाय नै जातीय विभेद जस्तो अमानवीय प्रथा र अन्तरजातीय प्रेम र बिवाहाको कारण फेरि आफ्नो रगत प्रचण्ड र वादलहरुलाइ बलिदानी स्वरुप चढाउन पर्ने ?

आजका दिन सम्म प्रचण्डज्युले समबेदना र घटनाको बारेमा एक शब्द नबोल्नु ? राज्य बेखवर जस्तो बन्नु ? जनयुद्ध हाक्ने बादल आज देशको गृहमन्त्री जस्तो महत्त्वपूर्ण ठाउँ र जिम्मेवारी हुँदा रुकुम यो घटनामा रुकुम घटना सम्म पुग्न नसक्नु ? आज यसरी नेपालको इतिहासमा जङ्गबहादुरले मच्चाएको कोत पर्व र राजा बिरेन्द्र परिवार हत्याकाण्ड नास गर्ने दरबार हत्याकान्ड भन्दा पनि खतनाक रुकुमका शाही , ठकुरीले जात कै नाममा मच्याएको जातीय हत्याकाण्ड अझै भयानक र ठूलो छ किन कि अरु हत्याकाण्ड रातमा घटेका थिए तर रुकुम दलित युवा हत्याकान्ड दिन मै घटेको छ ।।

एउटा दलित युवा र उच्च भन्ने जातकी युवतीको स्वैच्छिक प्रेम र बिवाहालाई यसरी हत्याकान्ड मच्चाउने स्थानीय ब्यक्ती र परिवारलाई अब कारवाही कसले गर्ने ?
जनयुद्धको सपना पूरा भएन क्रान्ति पूरा भएको छैन भनी रुकुमबाट नै दोस्रो जनयुद्ध थाल्छौ भनी भुमिगत बिप्लब पार्टीको जनसरकार र जनकारवाही खोइ ? आज आम समुदायले पर्खेको छ ।आज जातको नाममा देशका युवाको रगतको होलि खेल्नेहरुलाई फेरि पनि बर्दी लाउने प्रशासन , कालो कोट लाउने वकिल , राष्ट्रिय झन्डाको फुलि लाउने सांसद मन्त्री , अनि दुई तिहाइ नेकपाको दम्भ देखाई सरकारले कुनै पनि बहानामा हत्यारालाइ उम्काउने कोसिस गरेमा अब बर्दी बिहिन हामी नागरिकले यस्ता अपराधीलाई कारवाही गर्ने छौ ! बर्दी बिना पनि घटनाको सत्यतथ्य प्रमाण हामी संग आएको छ यो धम्की होईन राज्य र सम्बन्धित निकायलाई चेतावनी हो ।

धन्यवाद सरु सुनार