भारतिय प्रधानमन्त्री मोदी लाई मेरो खुल्ला पत्र : फिर्ता होला त लिपुलेक कालापानी ?

बिक्रम पाण्डे,
मोदि आज तिमिले नेपाल, नेपाली ,नेपाली राष्ट्रियता,नेपाली स्वाभिमान र नेपाली स्वाधीनता माथी आक्रमण गरेको छौ।विश्व इतिहासमा नेपाल त्यो एक राष्ट्र हो जो कहिले पनि अरुको अधीनमा रहेन र नेपाली शिर कहिले पनि कसैको सामु झुकेन । मोदि आज तिमिले जुन नेपालि भुभाग,नेपाली भुमिमा नेपाल सरकार र नेपाली जनताको अनुमती बिना नेपाली भुमि माथि दोजर चलायौ,यसरी नेपाली भुमिमा बिना अनुमती ,नेपाल सरकारलाई बिना जानकरी दोजर चलाईनु भनेको नेपाली आमाको छाती माथी तिमिले लात्ति हान्नु सरह हो।

यो भनेको नेपालको स्वाभिमान ,नेपाली स्वाधिनता ,नेपाली ईतिहास र ति वीर गोर्खाली ती हाम्रा पुर्खा माथिको आक्रमण हो।तिमिहरुको यो बिस्तारबाद नीति अहिले देखिको होइन सदियौ देखिको हो,शक्तिको दम्बमा जहिले पनि नेपाली राजनिती होस या नेपालको आनतरिक मामलामा हस्तक्षेप गर्न ,सिमा अतिक्रमण गर्न तिमी हरुलाई कुनै अधिकार छैन अनि यो अन्तरास्ट्रिय कानुन बमोजिम छ।अब नेपाली जनता तिम्रो यो हस्तक्षेप सहेर बस्ने छैनन।सायद तिमिलाई हेक्का नहोला हामी ती वीर गोर्खालिको सन्तान हौ, जो आफ्नो मात्री भुमी ,आफ्नो मान सम्मान,आफ्नो स्वाधिनता र आफ्नो स्वाभिमान बचाउनको लागि जुन हद सम्म नि जान सक्छौ।ईतिहास साक्षी छ चाहे त्यो कालापनी को युद्धमा होस ,चाहे नालापनिको युद्धमा होस हाम्रा पुर्खाले जसरी लडे हामी पनि तेसरी लड्न तयार छौ,हामी ती पुर्खा का सन्तान हौ अजै पनि हामी भिमसेन थापा,भक्ति थापा ,बल्भद्र कुवार बन्न सक्छौं।

मोदि होला तिम्रो देश हामी भन्दा ठूलो छ होला तिम्रो अर्थतन्त्र हाम्रो भन्दा बलियो छ यस्को मत्लब यो होइनकी तिमी नेपाल र नेपाली भुमी माथी जे पनि गर्न सक्छौ।तिमिलाई थाहा नै छ होला तिम्रो देशको सुरक्षा को लागि सन १८८५ देखि आहिले सम्म तिम्रो देशको सिमाना मा ती वीर गोर्खाली सेना हरु छ्न चाहे त्यो जम्मु कश्मिर होस,चाहे त्यो लद्दाख़ होस ।तिम्रो सिमानामा तिम्रो बोडरमा ६०००० नेपाली गोर्खा शैनिक छ्न र त तिमी दिल्लिमा आन्नन्दको निद्रा निदाएको छौ।

तिम्रै ईतिहास हेर चाहे त्यो १९४७-१९४८ को उडि सेक्टर को लाडाई होस,चाहे १९६२ को लद्दाख़ होस ,चाहे १९६५-१९७१ को जम्मु कश्मिर युद्ध होस या चाहे तिमिले श्रीलंका पठाएको शान्ती मिसन होस यो सबैमा तिमी बिजय हुनुमा गोर्खा रेजिमेन्ट वीर गोर्खा नेपाली आमा का सपुतको हात छ।नेपाली आमाका सपुतले तिमिले लडेका हरेक युद्धमा आफ्नो बलि दिएको छ,आफ्नो बाहादुरी देखाएको छ र त तिमी भाइ और बेहेनो मेरा हिन्दुस्तान ,मेरा भारत माहान भन्दै बन्दे माहात्रम गाउदै छौ ।

नेपाली आमाका ती सपुतले गर्दा नै चाहे त्यो लद्दाख़ हिस चाहे त्यि जम्मु कश्मिर होस तिम्रा हरेक सिमानाम तिम्रो राष्ट्रिय झन्डा फराएको छौ।मोदि तिमिले सोचेको पनि छैनौ होला हामी त्यो स्वाभिमानी नेपाली है ,ती वीर गोर्खाका सपूत हौ जो नुन को सोजोको लागि आफ्नो ज्यान दिन त पछि पर्दैन भने।सवाल आफ्नो देश ,आफ्नो राष्ट्र र आफ्नो मातृभूमि को सुरक्षा को लागि कुन हद सम्म जान सक्छ भनेर ।देश ले रगत मागे मलाई बलि चडाउनु भन्ने हरेक नेपाली छ्न यहाँ ,देशलाई चाहेको खन्डमा यी ३ करोड नेपाली तिम्रो गोर्खा रेजिमेन्ट बन्न सक्छ।

मोदि सोचेको छौ तिमिले ६०००० नेपाली आमाका छोराले तिम्रो देशको सुरक्षा गरेको छ्न यदि ती ६०००० सेनाको सहयोग मा ३ करोड नेपाली तिम्रो विरुद्ध लागे भने तिम्रो सभा सो करोड जन्सङ्ख्या ले पानी भन्न नि पाउदैन।तिमि एउटा छिमेकी हौ छिमेकी भएर बस नेपाली स्वाधिन्ता माथिको आक्रमण बन्द गर ,नेपाली अतिक्रमण भुमी फिर्ता गर ,नेपालि राष्ट्र र नेपाली राष्ट्रियता माथिको हस्तक्षेप बन्द गर।अब नेपलि र तिम्रो युद्ध लिपुलेक कालापनी मा मात्र रोकिदैन अब यो युद्ध ग्रेटर नेपाल को युद्ध हुनेछ ?अनि नेपाल सरकार अनि नेपालका नेता मन्त्री हरुलाई नि खबरदार अब फेरि देश ,राष्ट्र र राष्ट्रियता को स्वालमा आफ्नो स्वार्थ ,पार्टी गत स्वार्थ आरोप प्रत्यारोप गर्ने र नेपाली जनताको अँखामा छारो हाल्ने काम गर्यौ या कुनै चलखेल गर्न खोज्यौ भने नेपाली जनताले तिमिहरुलाई माफी दिने छैनन् ।

फेरि पनि मन्त्री र पैसाको लोभमा आफ्नी आमालाई बेच्न खोज्यौ भने तिमिहरुको अन्तिम बाटो भनेको आर्यघाट को हुने छ।जहिले पनि भारत को गुलामी गर्ने सत्ता मोहले आज नेपाल माथी अनि नेपाली जनताको स्वाधिन्ता माथी भारतले सधै धावा बोल्दै आएको छ।फेरि पनि २ ४ पैसामा कोहि बिक्न खोज्छ अनि कसैले खोक्रो राष्ट्रबाद देखाएर जनता लाई उल्लु बनाउन नखोजियोस ।सत्तामा बस्ने अनि प्रतिपक्षी मा बस्ने सबै देश र राष्ट्रियता को सवाल मा आफ्नो स्वार्थ पार्टी गत स्वार्थ भन्दा माथी उठेर एकजुट भएर चाहे त्यो कुट्नितिक हिसाबले होस यदि कुट्नितिक हिसाबले भारत सरकार्ले मान्दैन भने कुन बाटो रोज्नु पर्ने हो रोजोस नेपाली जनता तिमिहरुको साथमा छ।

होला मोदि ले फेरि धम्की देला हाम्रो बिरोध ले फेरि पनि नाकाबन्दी गर्ला,हामी नेपाली जनता तेस्को धम्की देखि डराउने वाला छैनौ।बस अब हामिलाई हाम्रो जमिन फिर्ता हुनु पर्छ,सधा सधाको लागि भारतले हामी माथी गर्दै आएको हस्तक्षेप बन्द हुनु पर्छ,भरतिए बिस्तारबाद नितिको अन्त्य हुनु पर्छ ।सिमानामा काडे तार लगाउनु पर्छ।फेरि पनि खबर दार अब पनि नेपाली नेता र मन्त्री हरुले राष्ट्र सिमा बिबाद को बारेमा बोलेनौ भने अनि एउटा जिम्मेवार पदमा बस्नेले सार्बजनिक रुपा मा लिपुलेक नेपाली नक्सामा छैन भन्ने दुसप्रयास भयो भने तेस्को परिणाम भोग्न तयार हुनु।

#जय देश #जय स्वाभिमान #BackofIndia (bikrampandey21@gmail.com)