प्रहरी देख्ने बित्तिकै दौडिएर ३ तले घरबाट हाम्फाले, भारतबाट आएका युवाले यस्तो गरेपछि छिमेकी त्रसित (स्थलगत रिपोर्ट)

भारतबाट पोखरा आएका एक युवा क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता टार्न बसिरहेकै घरको दोस्रो तलाबाट हाम फालेका छन् । पोखरा ८ निवासी २३ वर्षीय अभिषेक बस्नेत घरबाट हाम फालेको प्रहरीले जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको छ । बैदाम प्रहरी प्रमुख तथा डिएसपी यादव ढकालका अनुसार उनी मंगलबार मात्र पोखरा आइपुगेका हुन् । उनको स्वास्थ्य परीक्षणका लागि प्रहरी सहितको टोली त्यहाँ पुग्दा आफूलाई पक्राउ गर्न आएको डरले हाम फालेको हुन सक्ने प्रहरीको बुझाइ छ । हेर्नुहोस् स्थलगत रिपोर्ट ।