अतिक्रमण विरुद्ध वुटवलमा शान्ति समाजको प्रदर्शन÷अर्को प्रदर्शन भारतीय दुतावास अगाडि हुने

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध वुटवलस्थित अस्पताल लाइनमा २०७७ वैशाख २९ गते दिउँसो धर्ना प्रदर्शन गरेको छ । प्रदर्शनमा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल, केन्द्रिय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरी पाण्डेय, विक्रम खड्का, अर्जुन ज्ञवाली, कपिल ज्ञवाली, धनकुमारी खनाल, कृष्ण पाण्डे लगायतको सहभागिता थियो ।

विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भुमी संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध २०७७ वैशाख ३० गते मंगलबार दिउँसो १२ बजे भारतीय दुतावास लैनचौर खानी विभाग अगाडि धर्ना प्रदर्शन आयोजना गर्दैछ । विद्यमान अवस्थाका कारण सहभागिता संख्या सिमित गरी आवश्यक दुरी कायम गर्दै प्रदर्शन गरिने छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज, मिति २०७७ वैशाख २९

मानव अधिकार तथा शान्ति समाजबारेः मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज[ Human Rights and Peace Society Nepal] एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी [Founder Chair Krishna Pahadi] हुनुहुन्छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको (समय आन्दोलन) मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।