सासू-बुहारी सबैले बेहोर्दै आएको एउटा सामाजिक कविता बिशेष गरेर नेपालीहरुको मन रुवाउने छ (भिडियो सहित)

सासू-बुहारी सबैले बेहोर्दै आएको एउटा सामाजिक कविता स्कटनेपाल अन्लाइन टिभी मार्फत सार्बजनिक भएको छ । वास्तवमा कस्तो हुनु पर्छ त सासू अनि बुहारी भन्ने कविता मार्फत संदेश दिन खोजिएको यस रचना लाई सुमधुर स्वरकी धनी आरती विष्टको आवाजमा पस्किएको छ भने कविता को शीर्षक-“सासू -बुहारी” छन्द-शार्दूलविक्रीडितमा रहेको छ र उक्त रचना लाई कवि विदुर अधिकारी भरतपुर महानगरपालिका-१९ रामपुर, चितवन निवासी हुनु हुन्छ ।

सासू हुन् घरद्वारकी रचयिता त्यस्तै बुहारी पनि
माया बाड्न सके हुनेछ घर त्यो भूस्वर्गको यो परी
सासू शिक्षक बन्नु पर्दछ सधैँ गर्नू सदा आदर
आज्ञा पालक बन्दछिन् जुन वधू त्यो गेह भो सुन्दर

सासू हुन् नभनी सदैव दिलले आमा बनाएपछि
आमा काख समान बन्छ घर त्यो माया सजाएपछि
आफ्नै हो घर यो भनेर मनमा सद्भाव उब्जेपछि
माया बस्छ अनन्त यो हृदयमा प्यारी बनिन् सन्तति

बिग्रेला घर यो भनेर सुरुमा सासू हुने चिन्तित
त्यै चिन्ता उपदेशवाचक हुँदा लाग्ने अरे निन्दित
चिन्ता चिन्तनमा बदल्न सकिए पक्का बुहारी बन्यौ
आ-आफ्नै सुरमा हिड्यौ यदि भने कच्चा बुहारी बन्यौ

छोराको जति हुन्छ प्यार दिलमा त्यस्तै बुहारी पनि
राम्री शील स्वभावकी बनिरहुन् सोच्छिन् ती सासू बनी
सोचेको जब त्यो कतै धमिलिदा बिग्रन्छ ठानी घर
बोल्दा साथ सुनेर गम्न सकिए कोही हुदैनन् पर

छोरी हुन् घरकी भनेर दिलले ठाने बुहारी पनि
छोरी झैँ तब बस्दछन् मनमनै सम्झेर आमा अनि
सासू ‘सोच’ बदल्न मात्र सकिए फिर्नेछ हाम्रो मति
सारा यो घर उच्च स्वर्ग सरिको बन्ला मिले सन्तति