युवतीहरुले ‘प्राइभेट अंग’ कसरी सफा गर्ने ? डा. अनुपमा शर्माको टिप्स

पुरुषको तुलनामा महिलाको अंग अलिक संवेदनशिल हुन्छ । त्यसैले यसको सरसफाई र उचित स्याहार भएन भने अनेकन स्वास्थ्य समस्या आउन सक्छन् । हामी नुहाउनुलाई मात्र सरसफाइ भन्ने गछौँ, तर, नुहाउदाँ त बाहिरी सफाइसँगै मात्र हुन्छ । त्यसैले ट्वाइलेट गएपछि अनिर्वायरुपमा यौन अंगको सरसफाइ गर्नुपर्छ । धेरै जसो किशोरी, युवती र महिलालाई यो पनि थाहा हुँदैन कि यौनांगको सफाइ पनि गर्नुपर्छ भनेर । धेरैले यस विषयमा लाज मानेर हो या थाहा नपाएर हो यस बारे धेरैले चासो राख्नैनन् ।

दिसा पिसाब फेरेपछि वा दिसा गरेर धोएपछि अनिर्वायरुपमा आफ्नो यौन अंग सफा पानीले पखाल्नु पर्छ । अझ दिसा पिसाब गरे पछि वा नुहाएपछि चिसैमा कट्टु लगाउँदा ओशिलो पनका कारण समेत संक्रमण हुन्छ । यस्तो लापारवाहि गरेमा फंगल इन्फेक्सन हुन्छ, जसका कारण योनीमा दहीको छोकरा जस्तो सेतो वस्तु जम्मा भइरहेको हुन्छ । त्यसैले सधै प्रत्येक पल्ट ट्वाइलेट गएर पिसाब वा दिसा गरेर धोएपछि सफा कपडा वा टिस्यु पेपरले पुछेर सुक्खा बनाएपछि मात्र भित्री बस्त्र लगाऊनुपर्छ ।

धेरै जसो स्वास्थ्यकर्मीले प्रजनन स्वास्थ्यका बारेमा कुराकानी गर्ने गर्छाैँ तर उमेर परिवारमा समेत यस बारेमा कुरा गर्न लाज मान्छाैँ । त्यसैले यस विषयमा डाक्टर साथीले स्त्रिरोग विशेषज्ञ डा। अनुपमा शर्मासँग विशेष कुराकानी लिएर आएको छ । आशा छ तपाईलाई यो सामग्री अवश्य पनि मन पर्ने नै छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्