लोकगायिका बिष्णु माझीकी आमाको निधन : दुखद: खबर

चर्चित लोकदोहोरी गायिका माझीलाई मात्री शोक परेको छ । गायिका माझीकी आमा धर्मकुमारी माझिको ५८ बर्षको उमेरमा निधन भएको हो । स्यांग्जाको चापाकोट नगरपालिका वडा ननम्बेर ८ स्थित आफ्नै घरमा उनको निधन भएको परिवारले जनाएको छ । लामो समय देखि उच्चारत्तचाप लगायतका रोगका बिरामी रहनु भयेकि माझीको निधन शुक्रबार भएको हो चापाकोट नगरपालिकाका सल्लाहकार बिश्वास पुरीले जानकारी दिनुभयो । उहाका श्रीमान ,एक छोरा र दुइ छोरि रहेकाछन् ।

यता गुमनाम जस्तै रहेकी गायिका माझी काठमाण्डौमा बस्दै आउनु भएको छ । निकै कर्णप्रिय स्वरकी धनि माझी केहि समय पहिले जिल्ला प्रसासन कार्यालय स्यांग्जामा देखा पर्नु भएको थियो । कलाकार सुन्दरमणि अधिकारी संग बिबाह बन्धनमा बाधिएकी माझी गुमनाम जस्तै रहन्छिन् ।

गायिका माझीका स्रवरमा रहेका गितहरु निरन्तर बजारमा आईरहेकाछन् । उहाले स्वर दिएका सबै उत्क्रिस्ता छन् तर अन्य कलाकाहरुले समेत माझीको अनुहार देख्न नपाएको बताउने गर्दछन्| – लालीगुराश बाट