पुरुषहरु जतिजना संग सम्बन्ध राखे नि उसको कुमारत्वको प्रश्न नउठने ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। हाल उनि बेलायतमा बिशेष प्रोग्रामको लागी आएकी छन् भने करोना लक्डाउनमा लामो समय रोकिनु परेको अबस्था रहेको जानकारी गराएकी छन । बेला बेलामा उनि आफ्नो फेसबुक वाल मार्फत जनचेतनमुलक जानकारी पनि लेख्ने गर्दछिन। हेरौ आजको बिशेष उनको स्टाटस:

पुरुषहरु जतिजना संग सम्बन्ध राखे नि उसको कुमारत्वको प्रश्न नउठने ?

तर महिला बाध्यता मै सम्बन्ध राख्न परे पनि यो समाजले हरेक पटक चरीत्रहिनको उपनाम दिन पछि नपर्ने ?                                                                            बलात्कार हुन्छिन एउटा नारी अनि बलात्कारीको शिर सधैं ठाडो हुनि अनि निर्दोष नारीले यो समाजमा सधैं मुख छुपाउन पर्ने ?
गल्तीको सजाय गल्ती गर्नेले पाउने कि ? बिनागल्ती निर्दोष नारीले जिन्दगी भर त्यो बिषको थुप्रो बोकिरहन पर्ने ?
फेरि पनि यो समाजमा एउटा नारी सधैं यस्ता आरोप र पीडा अरुको कारण बोकिरहन बिबश छिन फेरि त्यही नारीलाई समाजले सधैं औला उठनाउने ?

मानसिकता चेन्ज कहिले हुन्छ ? – सरु सुनार 

र पनि सरु आफ्नो काम मा सक्रिय हुन्छिन भिडियो आफै बोल्छ !