वैशाख शुक्ल पूर्णिमा महत्व यस्तो छ…

युवा ज्योतिषी केशव गौतम
वैशाखशुक्ल पूर्णिमाको दिनलाई चण्डीपूर्णिमा, गौतमवुद्धजयन्ती, गोरखनाथजयन्ती, कुर्मजयन्ती, उभौलीपर्व, श्रीवाघभैरव पर्व, गोटिखेल वैतरणीधामस्नान, पूर्णिमाव्रत आदि पर्वहरू पर्दछन् ।

यस दिन घाँटु नृत्य विसर्जन तथा वैशाख स्नानसमाप्ति पनि पर्दछ । यस दिन चण्डेश्वरीरथयात्रा, श्रीवाघभैरवमेला तथा ललितपुरको गोटिखेलमा विशेष मेला लाग्ने गर्दछ ।

उभौली पर्वमा किराँत जातिले प्रकृतिको पूजा गर्दछन् । साथै भूमि पूजा र चण्डी नाँच देखाउछन् । हिउँद लागेपछि जाडो छल्न उँधो बेशीमा झरेका गर्मी लागेपछि चण्डीपूर्णिमा देखि गाईबच्छा सहित उँभो लेकतिर लानथालिने हुँदा राँईकिरात समुदायमा उभौली पर्वका रूपमा मनाईन्छ ।