मन मिले पछी यसरि पनि हुन्छ विवाह ! मुखमा मास्क, जन्ती ५ जना (भिडियो)

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरे।अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्। तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए।‘ल,कडाउ,नको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरियो,’ सिटौलाले भने। सिटौला झापाका स्थानीय बासिन्दा हुन्।

उनका छोराले झापा नै घर भएकी र भारतमा पढ्दै गरेकी मनिषासँग बिहे गरेका हुन्। बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको उनले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला थिए।‘धुमधामसँग बिहे गर्ने अहिले बेला छैन। ल,कडा,उन छ। पहिले नै बिहेको मिति तय गरेकोले सारेनौं,’ सिटौलाले भने। जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो। भिडियो हेर्नुहोस