ज्ञानेन्द्र शाहीको सबैलाई रुवाउने गीत आयो

काठमाडौं । भ्रष्टाचार विराेधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ ।लकडाउन उल्लंघनको आरोपमा प्रहरीले पक्राउ गरेकाे बताएको छ । लकडाउन उल्लंघन गरेपछि शाहीलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । केही दिनअघि शाहीले राहत बाँडेका थिए । राहत नबाडन ललितपुर प्रहरीले भनेकाे स्वयं शाहीले फेसबुक लाईभबाट बताएका थिए ।

शाहीलाई पक्राउ गर्न दुई पटक गरि उनी बस्ने घरमा प्रहरी पुगेपछि स्थानीय तथा घरबेटी बिराेध जनाएका थिए । शाही नभेटिएपछि उनका घरबेटीलाई नै प्रहरीले साेधपुछका लागि प्रहरी परिसर ललितपुर ल्याएको थियाे ।प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शाहीले लकडाउन उल्लंघन गरेर के कति गल्ती गरे भन्ने बारे खुलाईएकाे छैन ।

हेर्नुहोस उनको बारेमा बनाएको यो गीत