‘१ अर्ब मानिस संक्रमित हुन सक्छन्, ३० लाखको ज्यान जान सक्छ कोरोना भाइरसबाट ’

बीबीसी, इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) नामक एक संस्थाले विश्वका करिब १ अर्ब मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चे’तावनी दिएको छ। कमजोर देशलाई तत्काल आवश्यक सहायता नपुगेको खण्डमा यस्तो स्थिति आउन सक्ने आईआरसीले बताएको हो। विश्व स्वास्थ्य संगठन तथा इम्पेरियल कलेज लण्डनको तथ्यांकलाई आधार बनाएर तयार गरिएको उक्त संस्थाको प्रतिवेदनअनुसार विश्वभर को’रोना संक्रमितको संख्या ५० करोडदेखि १ अर्बसम्म हुनसक्छ। यो भाइरसबाट करिब ३० लाखको ज्यान जानसक्ने आशंका पनि रिपोर्टमा गरिएको छ।

कोरोनाको विश्वव्यापी असर रो’क्न आर्थिक तथा मा’नवीय सहायताका लागि उक्त सं’स्थाले जो’ड दिएको छ। अफगानिस्तान, सिरियाजस्ता यु’द्धबाट ध्व’स्त भएका मुलुकका लागि तत्काल मानवीय सहायता ज’रुरी भएको आईआरसीको भनाइ छ। मंगलबारसम्ममा विश्वभर को’रोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख नजिक पुगेको छ भने मृतकको संख्या २ लाख १२ हजार ना’घेको छ। – साभार : इसिधाकुरा डट कम