आउँदै गरेको मे दिवसलाई उपहार ! ‘बनायाैँ सुनका दरबार’

जीवन शर्मा,
काम दिने मालिकलाई उनीहरुले बाउ सरह माने । आफुले निर्माण गरेका संरचनालाई आफ्नै घर सम्झे । आखिर, अप्ठारो पर्दा न मालिकले एक छाक हातमुख जोर्ने व्यवस्था मिलाइदिए ,न आफ्नै पखुराले उठाएकाे घरमा उनीहरू एक रात ओत लाग्न पाए । आपत परेको बेलामा आफैले बनाएकाे बाटोमा पैदल हिड्न समेत पाएनन् । के रहेछ त वास्तविक मजदुरको जिन्दगी ? केबल पाखुराको बल काम लाग्ने बेला सम्मकाेलागि मात्र ! काम गर्दा सम्म खायो । नत्र भाेकभाेकै बस्याे । यही परिवेशकाे चित्रण गरेर तयार गरिएकाे गीत : “निकाल्याै हिरा माेती बनायाैँ सुनका दरबार ……”।

हिरा मोती निकाल्ने मजदुरहरु, सुनका महल बनाउने श्रमिकहरु र बाटा घाटा चिल्लो बनाउने कामदारहरु भोकै प्यासै कष्टसाध्य जीवन विताउन बाध्य छन । मइ दिवस आउँछन जान्छन । मजदुरले ठुला ठुला भाषण खान्छन , फोस्रा आश्वासन पनि पाउँछन । तर मजदुर किसान र ज्यामीहरुले आफ्नो जिन्दगी सधैँ हत्केलामा राखेर हिड्नु परिरहेको छ । सास्ती खानु परिरहेकै छ । फेरि मई दिवस आउँदै छ । प्रस्तुत छ, यसै संंदर्भमा रचना गरिएको यो गीत: ‘निकाल्यौ हिरामोती ……’ ।
रचना/संगीत: जीवन शर्मा ।।
स्वरः जीवन शर्मा / निलिमा पुन
हेरौ भिडियो :