बेलायतमा कोभिड १९ संक्रमणबाट २२ जना नेपालीले ज्यान गुमाए !

सरु सुनार , युके ।

कोरोना भाइरस ( covid 19 ) बाट शुक्रबारसम्म युकेमा २२ जना नेपालीले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय युकेमा कोरोना संक्रमण अतिनै डरलाग्दो गतिले फैलिएको छ । हरेक लगातार तीन दुइहप्ता यता हरेक दिन कोरोना संक्रमणबाट दैनिक ७०० सय भन्दा माथी नै मृत्यु भएको छ ।

नेपालीहरु पनि कोरोना संक्रमणबाट लडिरहेका छन् । तर संक्रमित र कतिपय मृत्युहरु समेत लुकाइएको अबस्था छ । संन्चारमाध्यमबाट आएका मृत्यु हुने नेपालीको सख्या २२ पुगेको छ । युकेमा भक्त बहादुर नेपाली ,गोपाल शाही, हंशराज लिङदेन र बिमा नाछिरीङ राईसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्मरण रहोस् यसअघि कोरोना संक्रमणबाट लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल पोखराकी पुष्पा घले, कास्की घान्द्रुकका लक्षिन गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङ, गोरखाका बुद्धबल गुरुङ, ध्रुव कुमार श्रेष्ठ, कास्कीका विजय गुरुङ र पोखराका आइतबहादुर गुरुङको , धरानका भक्त बहादुर नेपालीको मृत्यु भएको छ ।

शुक्रवार सम्म युकेमा १९ हजार ५ सय ६ ले ज्यान गुमाएका छन् भने १ लाख ४३ हजार ४ सय ६४ जना कोरोना भाइरसबाट संक्रमित छन् । सुक्रबार मात्र ७ सय ६८ ले ज्यान गुमाएका छन् । – थाहअनलाइन