तुला राशिको बार्षिक राशिफल २०७७

मकर राशि भनेको रा, री, रु, रे, रो, ता, ती, तु, ते अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, देवव्राह्मणसाधुपुजनरतः प्राज्ञः शुचिः स्त्रीजितः प्रांशुश्चोन्नतनासिकः कृशचलद्गात्रोऽटनोर्थान्वितः ।।

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा सुख स्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट पराक्रमस्थानमा र त्यसपछि चैत्र ११ सम्म सुखमा र चैत्र ११ पछि शत्रुस्थानमा पुग्नेछ । शनि वर्षको आरम्भबाट सुखस्थानमा श्रावण २१ देखि पुनः वक्रगतिबाट पराक्रममा आउने र मंसिर १गते पुनः मार्गगतिबाट सुखस्थानमा पुग्नेछ । राहु वर्षारम्भमा भाग्य स्थानमा, केतु पराक्रमस्थानमा, भाद्र २५ गतेदेखि राहु आयुमा र केतु धनस्थानको ग्रह गोचरानुसार वर्ष शुभाशुभ मिश्रित भए पनि शनिको अढैयाले मासिक अशान्ति, आफन्तमा मतभेद र जोखिमपूर्ण लगानीबाट बाधा रहनेछ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्

ज्योतिषः केशव गौतम