पोेखरामा भारतबाट आएर क्वारेन्टाईनमा बसेका व्यक्तिको मृ*त्यु, को*रोना हो वा अरु कारण छ ? (भिडियो)

कास्कीमा मंगलबारबाट क्वारेन्टाइनमा बसेका एक व्यक्तीको मृ*त्यु भएको छ । कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका ५० वर्षीय ब्यक्तीको उपचारका लागि पोखरा ल्याउदै गर्दा बाटोमै मृ*त्यु भएको हो । बुधवार क्वारेन्टाइन स्थल मै बे*होश भएका उनलाई उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा चिकित्सकले मृ*त घोषणा गरेको बताइएको छ । उनमा यस अघि नै मुटु र कलेजो सम्बन्धी समस्या रहेकाले उनको मृ*त्यु पहिले कै समस्याले गर्दा भएको हुन् सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनी क्वारेन्टाइनमा रहुन्जेलसम्म को रो ना भाइरसको कुनै लक्षण नदेखिएको अध्यक्ष ओझाको भनाइ छ । १२ दिन अघि भारतबाट आएका उनी मंगलबारबाट मात्र क्वारेन्टाइनमा बसेको रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार गाउँपालिकाले देउराली विश्व शान्ति स्तुपमा तयार पारेको क्वारेन्टाइनमा विभिन्न देशबाट आएका २४ जना व्यक्तिहरु रहेका छन् ।