कोभिड–१९ : के के खाएमा कोरोना सर्दैन् ? यस्तो छ भ्रम र यथार्थ !

इश्वरचन्द्र झा- पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै रहेको पुष्टि गरेको छ ।

सुरुमा मणिभ आकारको कोकीन खाँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने सुझाब दिइयो । उक्त सुझाब सामाजिक सञ्जालमा हजारौं व्यक्तिसम्म पुग्दा फ्रेञ्च सरकारले वक्तब्य नै जारी गरेर कोकीनबारेको जानकारी अफवाह मात्रै रहेको प्रष्ट्यायो । लगत्तै आईसक्रिम खानबाट अलग्गै रहन सुझाब सामाजिक सञ्जालमा आयो । यूनिसेफले तत्आकालै ईसक्रिमबारेको सिफारिश समेत अफवाह र गलत रहेको जानकारी गरायो ।

अब भने अमिलो खाँदा कोरोना भाइरसको संक्रमण सर्ने जोखिम न्यून हुने सुझाब सामाजिक सञ्जालमा चारैतिर फैलिएको छ । तर उक्त सुझाब पनि गलत र काम नलाग्ने रहेको जनाइएको छ । एकपछि अर्को सामाजिक सञ्जालको जानकारी गलत हुँदै जाँदा बढी मात्रामा पानी खाए संक्रमित हुने जोखिम घटने बताइएको छ तर त्याे पनि सत्य हाेइन ।

कोरोना भाइरसको संक्रमण सुरु भएको सुरुको दुई महिनामा फैलिएको गतिलाई चुनौती दिदै पछिल्लो १५ दिनमा मात्रै संक्रमितको संख्या दोब्बर भएको छ । कोभिड–१९ को संक्रमण फैलिनुभन्दा तीब्र रफ्तारमा अफवाह फैलिएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएका सुझाबमा प्रत्येक १५ मिनेटमा पानी पिउँदै मुख ओसिलो राख्न सिफारिश गरिएको छ । यस पछाडिको तर्क के रहेको छ भने ‘ओसोफेगस’मा रहने भाइरस आमाशयसम्म पुग्छ र आमाशयबाट निस्किने अम्लले भाइरसलाई मार्छ ।

तर लण्डनस्थित स्कुल अफ हाइजिन र ट्रपिकल मेडिसिनका इपिडेमियोलोजिस्ट कल्पना सबापेथी भन्नुहुन्छ, “हामी सम्पर्कमा आउने हजारौं भाइरल वस्तुबाट संक्रमण सुरु हुन्छ, केही निल्दैमा घाँटी भएर आन्द्रासम्म पुग्दासम्म नाकमा रहेको भाइरसको संक्रमण सुरु भइसकेको हुन्छ, केही निल्दैमा त्यसको प्रभाव कम हुने हैन ।” उहाँ थप्नुहुन्छ, “एउटा मात्रै निलेको अवस्थामा पूरा आमाशय नै सफा गर्नुपर्छ ।” भाइरसको संक्रमण फैल्ने प्रमुख माध्यम मुख मात्रै नभई नाक र आँखा पनि हुनसक्ने उहाँको तर्क छ ।

लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल मेडिसिनका इपिडेमियोलोजिस्ट कल्पना भन्नुहुन्छ, “कसैले हाछँ्यु गर्दा निस्किने कफ वा थुकको थोपामा हजारौं भाइरस हुन्छ, सम्पर्कमा आए नाक, मुख वा आँखाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्नु नै ठूलो जोखिम हो ।”

पानी पिउँदा भाइरसको संक्रमित नहुने सुझाबलाई गलत सावित गर्ने अर्को पनि तर्क छ । आमाशयबाट अम्लसँग मिल्ने बित्तिकै भाइरस नष्ट हुने हाम्रो अनुमान छ । आमाशयबाट निस्किने अम्लको पीएच एकदेखि तीनको बीचमा हुन्छ । जुन बैट्रीमा प्रयोग गरिने अम्ल जत्तिकै सक्षम हुन्छ । र यसले स्टिल पनि घुलाउने क्षमता राख्छ । केही वर्षअघि वैज्ञानिकले यसलाई शक्तिको स्रोतको रुपमा प्रयोगमा ल्यायो ।

तर उक्त भाइरस गैष्ट्रिक अम्लभन्दा पनि बलियो हुनसक्छ । सन् २०१२ मा साउदी अरबबाट मर्सको उत्पत्ति हुँदा खोजकत्र्ताले पैथोगन पत्ता लगाए । जुन कोरोना भाइरस र कोभिड–१९ सँग सम्बन्धित रहेको फेला परेको छ । र अम्लमा घुल्नबाट यो प्रतिरोधी रहेको बताइएको छ । अनुसन्धानले भाइरस निल्ने बित्तिकै आमाशयको कुनै कुनामा केन्द्रित भई आन्द्राको कोषलाई छिट्टै आफूमा मिलाउँछ । र यसरी संक्रमण र बिरामी बनाउने क्रमको सुरुवात हुन्छ ।

तर यो अझै प्रष्ट भइसकेको छैन् । यद्दपी कोभिड–१९ संक्रमित बिरामीमा डायरिया र वान्ता गर्ने लक्षण देखिएको छ । र चिनियाँ विज्ञहरुले पाचन प्रणालीमा पनि कोभिड–१९ ले संक्रमण निम्त्याउन सक्ने जनाएको छ ।

एक अध्ययन प्रतिवेदनका अनुसार कोभिड–१९ को भाइरस दिसामा पनि पाइएको छ । फोक्सोमा संक्रमित भाइरसलाई सखाप पारेको धेरै पछिसम्म दिसामा पाइएको अध्ययनमा उल्लेख गरिएको छ ।

सम्भवतः पानी पिउँदा कोभिड–१९ को संक्रमणबाट मुक्त हुने अनुसन्धान भएको छैन् । त्यसैले यो तरिका वा तर्क विज्ञान वा तथ्यमा आधारित छैन् ।

-गोरखापत्रबाट