इटालीमा ज्यान गुमाउनेको संख्या कोरोनाबाट ४ हजार नाघ्यो, २४ घण्टामै ६ सयको मृत्यु

इटालीमा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । शुक्रबार २४ इटालीमा कोरोनाका कारण एकै दिनमा ६ सय जनाको मृत्यु हुँदा इटालीमा मात्र भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजारले नाघेको हो ।

इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ जना पुगेको अधिकारीहरूले जनाएका छन् । यो संगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको अग्रस्थानामा इटाली रहेको छ । इटालीमा ५ हजार ९ सय ८६ जनामा नयाँ संक्रमित फेला परेका छन् ।

चीनमा भन्दा इटालीमा बढी मृत्यु

अहिले कोरोना भाइरसको कारण इटालीमा चीनमा भन्दा पनि बढीको मृत्यु भएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले इटालीमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ भने चीनमा ३ हजार २४५ रहेको छ ।

पछिल्लो २४ घण्टामै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढीरहेको छ ।

चीनमा भने मृत्युदर निकै कम भएर गएको छ ।

हालसम्म इटालीमा ४७ हजारभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ५ हजार १२९ जना निको भएका छन् । ३७ हजार ८६० जनामा कोरोना संक्रमित छन् । तीमध्ये २ हजार २५५ जनामा गम्भीर अवस्थामा रहेका छन् । source : VON / worldometers.info