१० जना भन्दा ज्यादा भिड नगर्नु ; व्हाईट हाउस राष्ट्रपति डोनाल्ड ट्रम्प

कोरोना भाईरसको कारण व्हाईट हाउसले १० जना भन्दा मानिसहरु जम्मा नहुन सल्लाह दिएको छ ।

आज मार्च १६ का दिन अपरान्ह व्हाईट हाउसले कोरोना भाईरस बारे जानकारी दिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्गदर्शन देखाउदै १० जना भन्दा ज्यादा भिड नगर्न आग्रह गरेका छन।

साथै संभव छ भने यात्रा नगर्नु र मध्यशाला(बार),चमेनागृहहरुमा टाडा रहनु समेत भने ।

उक्त मार्गदर्शनका अनुसार मध्यशाला,चमेनागृह लगायत सार्वजनिक स्थलबाट भरसक टाडै रहन आग्रह गरेको छ ।

अमेरिकाका कैयौ राज्यहरु जस्तै मेरील्याण्ड,फिलाडेल्फिया, सन फ्रान्सिस्को लगायतमा मध्यशाला, चमेनागृहहरु यही साझ देखि बन्द गर्न आदेश दिई सकिएको छ ।

राष्ट्रपतिको मार्गदर्शन अनुसार यो १५ दिनको लागि हुनेछ ।
ट्रम्पले कोरोना भाइरसको प्रभावको अन्त्य आगामी जुलाई तथा अगस्त सम्म हुने भविष्यवाणी गरे ।

तर उन्ले भने यो अझ लामो समय सम्म अझ खतरा पनि हुन सक्ने बताए ।

श्रोत ; सिएनएन/ न्यूयोर्क टाईम्स / इनेप्लिज