अमेरिकाबाट रानीको कोशेली ‘को हो त्यो’

गीतकार गोविन्द प्र उपाध्यायको शब्द रहेको ‘को हो त्यो ‘ बोलको गीत युटुबमा सार्वजनीक गरिएको छ।
गायिका रानी शाक्यको मिठो स्वर रहेको रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ । उदाउदै गरेकी नायिका तथा मोडल एलिशा शर्माले यस गीतको भीडियोमा निकै राम्रो काम गरेको देखिन्छ।

‘को हो त्यो ‘ बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ । अमेरिकामा रहेर गीत संगीतमा क्रियाशील शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’लाई माया गरिदिन सम्पुर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ
बिक्रम थापाले संगीतवद्द गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् ।सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गीतकार उपाध्यायको हालसम ३०० भन्दा बढी गीत बजारमा आएका छन भने सत्यता, सत्यता-२ आफ्नो एकल एल्बम ल्याईसक्नु भएको र सत्यता -३ बजारमा ल्याउने तयारी भै रहेको छ। सत्यता-३ मा हरि लम्साल, सन्तोश श्रेश्ठ,कुसुम भट्टराई,रेखा पौडेल लगायतकाहरुको संगीत रहने छ भने अन्जु पन्त, शिव परियार लगायत केहि नया गायकगायिकाहरुको स्वर सुन्न पाइन्छ।