माकुरी”लिएर आए गायक किरण गौतम (भिडियो सहित)

काठमाडौं । बहुप्रतिभाशाली गायक एवम सर्जक किरण गौतमको नयाँ लोक दोहोरि गीत “माकुरी”सार्वजनिक भएको छ ।विशुद्ध मनोरञ्जनात्मक ठट्यौली शैलीको यस गीतमा लय तथा उत्कृष्ट शब्द सिर्जना किरण गौतमको नै रहेको छ भने नव गायिका शुसिता तामाङले गायक किरण गौतमलाई स्वरमा साथ दिएकी छिन्।

उक्त लोक दोहोरी गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेको भिडियोमा अहिलेका दर्शकले रुचाएको युव मोडल संजिव ठकुरी, शुसिता तामाङ , महेन्द्र बस्नेतको उत्कृष्ट अभिनय रहेको छ ।माकुरी,बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने गीतको भिडियोलाई मोडल संजिव ठकुरीको अफिशियल युट्युब च्यानल बर्फत सार्वजनिक गरिएको छ ।

गायक किरण गौतमको “माकुरी”मा संजिव ठकुरी, शुसिता तामाङ को थुम्का हेर्नुहोस् “माकुरी”बोलको नयाँ लोक दोहोरी गीतको भिडियो: