मर्निङ ग्लोरी इन्टरटेनमेन्ट र ब्लु क्रस हस्पिटलका बीच समझदारी पत्रमा हस्ताक्षर

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा आइएमइ पे र डिजिटल नेपालसँगको सहकार्यमा मर्निङ ग्लोरी इन्टरटेनमेन्टद्धारा आयोजित प्रि–स्कुल टिचर्स फेसन शो कार्यक्रममा विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याउने सात जना महिला अग्रजहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा समाजसेवी राज्य लक्ष्मी शाक्य, इन्दिरा राना मगर, गायिका देविका बन्दना, इन्जिनियर सिर्जु दाहाल, अभिनेत्री सञ्चिता लुइँटेल र सञ्चारकर्मी नीता सापकोटा थिए । कार्यक्रममा मर्निङ ग्लोरी इन्टरनेसनलकी प्रवन्ध निर्देशक मोहना मोथे खनालकी आमा सुकुमारी मोथेलाई पनि सम्मान गरिएको थियो ।

मिस नेपाल २००५ सुगारिका केसीद्धारा कार्यक्रमको सन्चालन गरिएको उक्त कार्यक्रममा हेल्थ पार्टनरको रुपमा रहेको ब्लु क्रस हस्पिटलले सम्मानित महिलाहरुलाई नि:शुल्क हेल्थ चेकअप गरिदिने घोषणा समेत गरेको थियो ।

ब्लु क्रस हस्पिटलको सोही घोषणा अनुरुप मर्निङ ग्लोरी इन्टरटेनमेन्ट र ब्लु क्रस हस्पिटलका बीच घोषणालाई कार्यान्वयन गर्नका लागि “Participating in Nation’s Health with Safe, Standard and Satisfying Services” उद्धेस्यका साथ समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।