अर्को छोरा पाउलास समेत भने। कलेजोको टुक्रा दिएर मेरो काख शुन्य हुन् दिएनन शिवांशका बाबाले : आमा गीता अवस्थी (भिडियो सहित)

बैतडीको सुर्नया गाउँपालिका ६ का २ महिने शिशु शिवांश अवस्थीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। आज भोलि निकैनै चर्चामा आएको बिषय बनेको छ ”आफ्नो कलेजो दिएर बाबु लाइ बचाउने महान बाबा” भन्दै र यसै कर्ममा स्कटनेपालको बिशेष कुराकानी शिवांशकी आम संग को कुराकानी तलको भिडियोमा हेर्न सक्नु हुनेछ। शिवांश बचाऔं अभियान अन्तर्गत अहिले सम्म विभिन्न सरकारी तथा गैरसरकारी निकाय र व्यक्तिहरुबाट सहयोग रकम संकलन भईरहेको शिवांश बुवा महेश अवस्थीले जानकारी हामीलाई गराउनु भयो।

भारतको चेन्नइमा आफ्नै कलेजो दिएर छोराको उपचारमा रहनुभएका महेश अवस्थीले विभिन्न क्षेत्रबाट सहयोग भईरहेको बताउनुभएको छ । छोराको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न पनि उहाँले सबै सहयोगी महानुभावहरुमा आग्रह समेत गर्नुभएको छ ।

यसैबीच धनगढी उद्योगी दिनेश सोब इण्डस्ट्रीज र दिनेश कन्सर्न प्रालिका प्रबन्ध निर्देशक देवेन्द्र हमालले शिवांश बचाऔं अभियानमा एक लाख नगद सहयोग गर्नुभएको छ । शिवांश बचाऔं अभियानमा देश विदेश बाट अहिले रकम जुट्ने कर्म जारी छ यति तपाई पनि सहयोग गर्न चाहनु हुन्छ भने तलको डिटेलमा सम्पर्क गर्नु होला ।

शिवांशको अहिले पनि चेन्नईमा उपचार भईरहेकाले सहयोगी महानुभावहरुले सहयोग गर्न हुने महानुभावहरुले महेशप्रसाद अवस्थीको एनसीसी बैंक बैतडीमा रहेको खाता नम्बर ०२०००००१६४४१०, बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सतबाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ रकम जमा गर्न सक्नु हुनेछ । यस्तै मोबाइल नम्बर ९८५८७५२०९९ मा पनि सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।