प्रधानमन्त्री ओलीलाई मृगौला दिने ३२ वर्षिय समिक्षा, मृगौला दिनुको कारण यस्तो रहेछ

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक मृगौलाको सफल प्रत्यारोपण भएको छ । पहिलो पटक ओलीको भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण भएको थियो । अहिले दोश्रो पटक ओलीलाई भाञ्जि नाता पर्ने समिक्षा संग्रौलाले मृगौला दिएकी हुन् ।

समिक्षा नातामा ओलीकी ‘भान्जी’ पार्छिन । ३२ वर्षीया समीक्षा झापा चारआलीकी हुन् । उनी प्रधानमन्त्री ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही नाताले समिक्षा ओलीकी पनि भान्जी परेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा नै मृगौला प्रत्यारोपण गराएपछि अहिले ओलीको सबैतिर प्रशंसा भएको छ । ओलीको यस निणर्यले नेपालका अस्पतालहरु प्रति विश्वास बढाएको छ ।