लेखनाथ विभूतिमा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण

पोखरा । पोखरा महानगरपालिका १५, रामबजार स्थित लेखनाथ विभूति सेकेण्डरी बोडिङ स्कुलमा शुक्रबार सडक सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको आयोजनमा भएको प्रशिक्षणमा विद्यालयका ७,८,९ र १० का सय जना विद्यार्थीहरु प्रशिक्षित भए ।

कार्यक्रमको सहजिकरण गदै प्रहरी नायव निरक्षक रेशमराज रानाभाटले ८० प्रतिशत दुर्घटना मानवीय ट्रुत्रीले हुने बताए । उनले ट्राफिक चिन्हको ख्याल मात्रै गर्नाले अकालमा मृत्य ुहुन बाट बाच्न र बचाउन सकिने बताए । प्रनानि रानाभाटले नेपालमा सडक दुघर्टनामा मानवीय, यान्त्रीक, मौसम र बाटो मुख्य चार कारण रहको उल्लेख गरे ।

भर्खरै तनँहुबाट सरुवा भएर पोखरा औधोगिक क्षत्र विट समालेका रानाभाटले पोखराको ट्राफिक समस्या समाधान गर्न बस पकेट, ट्राफिक सचेतना संगै सडकको स्तरउन्नति गर्न सुझाए । उनले ट्राफिक कारवाहीमा परेकाहरुलाई छुटाउन सिफारिस गर्ने प्रवृतिले पनि दुघर्टना बढेको जिकिर गरे ।
विद्यालयका संस्थापक रेखा थापा कार्कीले ट्राफिक नियम सम्वन्धी व्यावहारिक ज्ञानले सडक दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरिन् । उनले विद्यालयमा विभिन्न समयमा यस्तो कार्यक्रम गरिरहेको जानकारी दिदै आगमी दिनहरुमा पनि यस्ता सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने बताईन् ।

सेवा केन्द्रका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले शान्तिपुर्ण एवंम सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा आएकोे बताए । उनले केन्द्रले विभिन्न विभिन्न सरोकारवालहरुसंगको समन्वयमा स्थानिय तह, , समाजिक सघंसंस्था तथा विद्यालयमा मानवबेचविखन विरुद्ध, लागुऔषध दुव्र्यसनी, ट्राफिक सचेतना लगाएकतका विषयमा कार्यक्रम संचालन गर्दै आएको बताए।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक टकदेवी थापाले स्वागत गरेको कार्यक्रमको संचानल मुना बाँस्तोलाले गरेकी थिइन् ।