च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित)

ईटहरी/ कमेडीको ईतिहासमा नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन यतिबेला फाईनलको चरणमा प्रवेश गरेकोे छ । फाईनल प्रबेश गरेसँगै च्याम्पियनको मञ्चबाट दलेदाईको उपनामले ख्याति कमाएका सुमन कोईराला यतिबेला गृहनगर ईटहरी आईपुगेका छन । बिभिन्न कार्यक्रममा सहभागिता जनाउदै भोट अपिल गर्न उनि ईटहरी आईपुगेका हुन । हेर्नूस भिडियो ।

भोटका कारणले शोबाट बाहिरिए पनि फेरी वाईल्ड कार्ड ईन्ट्री बाट धमाकेदार प्रस्तुती दिदै आएका सुमन कमेडी च्याम्पियनको फाईनलिष्ट हुन् । आज शुक्रवार ईटहरी उपमहानगरपालिकाको सभाहलमा भोट अपिल सहितको पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जहाबाट सुनमले अहिले सम्म सहयोग गर्नै सम्पूर्ण नेपालि तथा पुर्वेलिहरुलाई धन्यवाद दिदै अब बाकि रहेको एक खुड्किलो पनि पार गराईदिन अनुरोध गरे । शोमा उनका हरेक प्रस्तुतिहरुले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएको छ ।

उनको वजनदार कन्टेन्ट र प्रस्तुती सँगै दर्शक तथा निर्णायकको साथका कारण पनि उनि नै बिजेताको भागेदार हुन भन्न सकिन्छ । उनले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्दैछन । शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार उत्कृष्ट १५ देखि यता कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको हातमा सुम्पिदै आईएको छ ।