जनताको काम गर्न गएका बन कार्यालयका अधिकृत मापसे गरेको भेटीएपछि स्थानिय यस्तो गरे

लेखनाथ सव डिभिजन वन कार्यालय डाँडाकोनाकका प्रमुख राम बहादुर वि.कलाई कार्यालय समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिई जिल्ला वन कार्यालयलाई बुझाईएको कास्की प्रहरीले बताएको छ । मादक पदार्थ सेवन गरि फिल्डमा पुगेका वि.कको अवस्था सामान्य भन्दा फरक देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै वि.कलाई शिशुवाबाट डाँडानाक प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य जाँच पछि मादक पदार्थ सेवन गरेको रिपोर्ट सहित जिल्ला वनको जिम्मा लगाएको प्रहरीले बताएको छ । तर, बेलाबखतमा आउने यस्ता खाले घट्नाका कारण सेवाग्राहीहरुलाई प्रत्यक्ष असर पर्ने भएकाले गलत प्रवृतिको पुनरावृति रोक्नका लागि कडा कार्वाही गर्नुपर्नेमा उनिहरुको जोड छ ।

सेवाका लागि कार्यालय प्रमुख विक आफैले बोलाएका सेवाग्राहिहरुले विकको हालत ठिक नदेखेपछि प्रहरि खबर गरेको स्रोतले बताएको छ । विकको बोलि प्रष्ट बुझिने अवस्थामा नरहेको सेवाग्राहीहरुले बताएका छन् ।
विकलाई संगै फिल्डमा देखेका उनकै कर्मचारीले प्रष्ट रुपमा विकले मादक पदार्थ सेवन गरेको पाईएको नभने पनि विकको स्वास्थ्य जाँच गर्ने बेला रिपोर्टमा मापसे देखिएको प्रहरीले बताएको छ । उनका एक कर्मचारीहले भने उनको बचाउ गर्ने प्रयास गरिरहेका थिए ।

सरकारी कर्मचारी कार्यालय समयमा यस्तो अवस्था भेटिनु लज्जा विषय भएको सेवाग्राहीहरुले बताएछन् ।
विकलाई पटक पटक सम्झाउने र सचेत गराउने गरेको बताएका वन कार्यालय कास्कीका प्रमुखले भने उनलाई विभागिय कार्वाही गर्ने बताएका छन् ।