जानुको शब्द, डि आरको संगीत र अमृताको स्वरमा रहेको ‘शिरफुल’ सार्वजनिक (भिडियो)

बेलायतमा बसेर आफ्नो बेस्त समयको वावजुदपनि नेपाली साहित्य र संगीतमा आफ्नो योगदान पुर्याइरहनु भएकी साहित्यकार तथा गीतकार जानु काम्बांग लिम्बुको बिल्कुलै नयाँ गीत ‘शिरफुल’ सार्वजनिक भएको छ ।

पुर्वेली मारुनी लोक फ्लेवरको यस गीतमा स्वर गायिका तथा मोडेल अमृता लिम्बुको रहेको छ । गीतमा शब्द जानु काम्बांग लिम्बुको रहेको छ भने संगीत डि आर अटुको रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन ।

स्वयम गायिका अमृता लिम्बु फ़िचर्ड भएको म्युजिक भिडियोलाई आशिक जवेगुले छायांकन र सम्पादन गरेका हुन । गायिका अमृता लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायिका लिम्बुले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेका छिन ।