शिवरात्रि भाङ खाने पर्व मात्रै होईन, के छ यसको महत्व ?

दर्शनं बिल्वपत्रस्य स्पर्शनं पापनाशनम् । अघोर पाप संहारं बिल्वपत्रं शिवार्पणम् ।। त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम् । त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम ।।

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनु भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्रपर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीकादिनमनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरू मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन । यस पर्वका दिनउपवास गरी ऊँनमःशिवायमंत्रजप्ने गरेमा सर्वसिद्धि लाभभई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।