चिया छानेको गीत हिट भए संगै चर्चित सर्जक रमेश बिजीले अभिनय गरेको नया गीत बजारमा

विगत लामो समयदेखि संगीतमा लागेका गायक एवं सारङ्गी बाधक हेमन्त कान्छा रसाइली र मुना कुमालको स्वरमा “भोली त जाँदैछु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट मनै छुने शब्द संयोजनमा रहेको यस गीतलाई गायक हेमन्त कान्छाले नै संगीत भरेका हुन् ।

मौलिक संस्कृति झल्किने उक्त गीतको भिडियोमा बहुचर्चित वरिष्ठ गीतकार रमेश बिजी र लोकप्रिय मोडल जुना गुरुङले मनै लोभ्याउने उत्कृष्ट अभिनय गरेका छन् । रमेश बिजी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष समेत हुन् ।

भिडियोलाई निर्देशक प्रविन भट्टले निर्देशन र सम्पादन गरेका हुन् भने” करण चैसरले खिचेका हुन् । गीतको भिडियोलाई महाशिव रात्रीको अवसर पारेर गायक हेमन्त कान्छा रसाइलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको भिडियो हेर्नुहोस् :