कुमार कार्कीको बाबु आमालाई धम्की आयो, कुमारकी आमाले के भनिन

तनहुँ भानुका नकुल अधिकारीकी श्रीमती अनुपा आधिकारीले आफ्ना दुई नाबालक छोरीहरुका साथ कुमार कार्कीसंग गईन् । नकुल पनि बिदेशमा थिए र कुमार पनि बिदेशमा थिए । नकुलको नाममा भएको सम्पती सबै अनुपाको नाममा छ । अनुपाको दुई छोरी र कुमार कहाँ छन् कसैलाई थाहा छैन । कुमारको परिवार पनि स्याङ्जा तक्सारमा बस्दै आएको छ । बिगत लामो समयदेखी कुमार र उनका बाबु आमाको भेटघाट र बोलचाल खासै भएको छैन ।

बिदेशी भूमीमा रहेका कुमारले कहिल्यै पनि आमालाई फोन गरेनन् । उनकी आमाले रुदै भनिन् छोराले त्यस्तो काम गरेको सुनेको छु, किन त्यस्तो गर्योहोला । नेपाल आएको पनि आफूलाई थाहा नभएको र कुमारको बारेमा सोध्न भन्दै धेरैले फोन गरेर धम्कीको भाषा बोलेको समेत उनले दुखेसो पोखिन । कहिले प्रहरी कहिले कोही बनेर कुमारको बारेमा कसम समेत खान लगाए भन्दै कुमारकी आमाले दुखेसो पोखेकी छन् । हामी नकुल र अनुपाको घटनाको बारमो बुझ्न कुमार कार्कीकै घरमा पुगेका थियौं । हेरौं यो भिडियो ।