हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको ‘जाली रुमाल’ सार्वजनिक – भिडियो

नेपालकै पहिलो साइनिङ स्टार गायक सम्भव थापाको पहिलो गीत ‘जाली रुमाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गोविन्द प्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको गीतको सोमबार मैतीदेवीस्थित साइन स्टुडियोमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

सम्भवको अतिरिक्त जुनु गौतमको पनि स्वर रहेको ‘जाली रुमाल’मा को म्युजिक भिडियोमा चन्चले हट मोडेल स्मृति पोखरेल ,दिलिप पौडेल र पुर्नम राइ फिचारिंग गरिएको छ। साइन प्रोडक्सनले निर्माण गरेको भिडियोमा पुर्नम राइको कोरियोग्राफी र सुरेन्द्र श्रेष्ठको क्यामेरा र सम्पादन रहेको छ ।

गायक सम्भव थापा साइन स्टुडियो काठमाडौंद्वारा आयोजित फर्स्ट साइन स्टुडियोज साइनिङ स्टार २०७५ का बिजेता हुन् । काठमाडौं उपत्यकाका विभिन्न स्कुलका ५०० जना भन्दा बढी विद्यार्थी सहभागी भएका उक्त साइनिङ स्टार कार्यक्रममा लिटल एन्जल स्कुल हात्तिवनमा अध्ययनरत सम्भव थापा प्रथम भएका थिए । गायक सम्भव थापाले अभिभावक र मिडियाबाट राम्रो साथ पाएकाले आगामी दिनमा पनि गीत संगीतमा निरन्तर लाग्ने बताए ।