विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक

रियालेटी शो द भ्वाइस नेपाल सिजन २ को ब्याट्ल राउण्डबाट बाहिरीएको प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नया गीत “परदेशमा….”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ।

उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियोमा हेरिरहन्दा अन्तिममा विदेश जानु रहर हैन, बाध्यता हो । लेखिएको लाइनले दर्शकलाई भावुक बनाउन सक्छ ।

यस म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।भिडियो आत्रेय प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरेको छ ।