अमेरिकामा छदमभेषीको रुपमा आफ्नै नेपालीहरुलाई बद्नाम ,तथानाम गाली गलौच गर्नेहरुको भण्डाफोर

एनआरएन अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल योजनाकार

विजय थापा ,डिसी । अमेरिका जस्तो मुलुकमा नेपालीहरुले मानिसको मल (आची )खाएको भन्दा ज्यादा घृणित काम गरेका छन् । अर्थात् नेपालीहरुले आफूले बोकेको कुसंस्कार अमेरिका भित्र्याएर सामाजिक संजाल (फेसबुक) मार्फत छदमभेषीको रुपबाट आफ्नै नेपाली दाजुभाईलाई बद्नाम ,तथानाम गाली गलौच गर्ने काम गर्दै आएका छदमभेषी नेपालीहरुको पहिचान भएको छ ।

उक्त कालो कर्तुतको पर्दाफास अमेरिकामा जनवरी २२ का दिन बुधबार पूर्वीय समय अनुसार ठिक ८ बजे सामाजिक अभियन्ता र समाजसेवी नेपाल झापा घर भै पहिला अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गरि हाल न्यु ह्याम्पशायरमा बस्दै आएका प्रशन्न संग्रौलाले सामाजिक संजाल (फेसबुक)मार्फत प्रत्यक्ष प्रसारण गरेर सबै कुरा अमेरिकाका नेपालीहरुलाई भण्डाफोर गरि दिएका छन् ।

उनीहरुले लामो समय देखि नेपाली समुदाय कै उनीहरुलाई मन नपरेका मानिसहरुलाई सिधा कुरा नामक नक्कली परिचय (फेक आईडी)बनाएर आतंकित तुल्याउदै आएका थिए ।

उनीहरुको कालो कर्तुतको भण्डाफोर गर्ने प्रशन्न संग्रौलालाई समेत छदमभेषीहरुले तथानाम गालि गर्ने र बदनाम गर्ने गरे पछि उनले चतुरता ,संयम र बुद्धिपूर्वक छदमभेषीहरुले संचालन गरेको नक्कली सिधा कुराको पन्ना(पेज)नै कब्जा गरे पछि उनीहरुको भण्डाफोर गरि दिएका हुन् ।

करिव एक घण्टा सम्म संग्रौलाले उनीहरुको हुन् ,कसले समाचार लेख्छ ,कसले प्रकाशित गर्छ ? कहाँ बसेर गर्छन ? कुन भ्रमण ध्वनि( फोन) प्रयोग गर्छन र कुन आइपी ठेगाना हो भनि सबै अमेरिकाका नेपाली समुदायलाई छर्लंग पारि दिएका थिए ।

पिडित संग्रौला सुसांख्य यन्त्र (कम्प्युटर)चलाउन खप्पिस हुन् । उनलाई धेरै नराम्रो लेखे पछि छदमभेषीहरुको मुकुण्डो उतार्नु पर्छ भनि अहोरात्र लागेर छदमभेषी गिरोहको पर्दाफास गरेका हुन् ।

संसारमा नेपालीहरु जहाँ पुगे पनि नेपालीहरुले कू संस्कार ल्याएर छोड्ने उदाहरण अमेरिका आएका नेपालीले प्रदर्शन गरेका छन् । संग्रौलाले भण्डाफोर गर्ने क्रममा एनआरएन अमेरिकाका प्रवक्ता टेक्ससका ओम भट्टराई र एनआरएन अमेरिकाका सल्लाहकार मेरिल्याण्ड टाउसनका शिव मल्ल छदमभेषीको रुपमा नेपालीहरुलाई तथानाम गाली गलौच गर्नेहरुको कालो कर्तुत पर्दाफास गरेका छन् ।

छदमभेषी शिव मल्ल नेपाल टुडे नामक नेपाली अङ्किय पत्रिकाका सम्पादक पनि रहेका थिए भने उनि हाल उबर चलाउने चालक हुन् । भलादमी देखिने शिब मल्ल एनआरएन अमेरिकाका पूर्व अध्यक्ष केशव पौडेलका कट्टर दाहिने हात ,समर्थक र निकट सहयोगी हुन् । र एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष सुनिल शाहका पनि मल्ल र भट्टराईले संस्थालाई बद्नाम गरेका छन् ।

एनआरएन अमेरिकाका प्रवक्ता भट्टराई र शिव मल्ल नेपाली समुदाय लाई नै आतंक ,आततायी बनाउने मुख्य योजनाकार दुवै रहेको बुझिएको छ । यति सम्मकि कुनै गाली गलौच दिने काम काठमाडौँ स्थित तिब्बत होटलबाट गरेको पनि संग्रौलाले सबैलाई देखाई दिएका थिए ।

पिडित संग्रौलाको भनाई अनुसार गाली गलौज राख्ने काम शिब मल्लले गर्ने र लेख्ने एनआरएन अमेरिकाका प्रवक्ताले गरेको प्रमाण सहित प्रस्तुत गरेका थिए । यिनीहरु बिगत ५ बर्ष देखि एनआरएन अमेरिकाको निर्वाचन देखि सक्रिय छन् । र निर्वाचनको समयमा थुप्रै नक्कली परिचय बनाएर मानिसलाई फ़साउदै आएका थिए ।

र यस पटक उनीहरुलाई ठूलो मुल्य चुकाउनु परेको छ । सदैव दूधभात खाने योजनामा रहेका छदमभेषीहरु नराम्रो संग फसेका छन् । प्रत्यक्ष प्रसारण हेरी पछि चौतर्फी उनीहरुको राजिनामा हुनु पर्ने सामाजिक संजालमा व्यापक भएको छ । सुत्र अनुसार अहिले एनआरएन अमेरिकाको आकस्मिक बैठक बस्ने भएको छ ।

यिनै गिरोहले सच्चीको साथमा नामक लोकप्रिय कार्यक्रमलाई पटक पटक यसरी नै प्रत्यक्ष प्रसारण मै आक्रमण गरेका थिए । मैनालीले पनि एक दिन कालो कर्तुत र यिनीहरुलाई नागोझार पर्ने प्रतिज्ञा गरेकी थिइन् ।

संग्रौलाका अनुसार अपराधीले कुनै न कुनै प्रमाण छोड्छ भने झैँ उनीहरुले प्रसस्त प्रमाण छोडेका थिए र उक्त सबै सामग्री पिडित र भण्डाफोर गर्ने प्रसंन्न संग्रौलाले सुरक्षित राखेका छन् ।

गाली गलौच गरेको केही सामग्री एनआरएन अमेरिका सहयोगी सांझा संजालमा शिब मल्ल राख्ने गरेको खुला रुपमा संग्रौलाले देखाई दिएका छन् ।

मेरिल्याण्ड बाट शिव मल्लले पठाउने र टेक्ससमा ओम भट्टराईले लेख्ने समेत गरेको खुलासा गरेका छन । काठमाडौँ स्थित होटल तिब्बतमा उनीहरुको मानिस भएको तथ्य खुलाएक ठुये र गत बर्ष सेप्टेम्बर २९,२०१९मा १०;१३ मिनेटमा केही लेखेको प्रमाण समेत प्रस्तुत गरेका थिए ।

मल्ल अमेरिकाको मेरिल्याण्ड स्थित टाउसन शहरमा बस्छन भने उनको आईपि १५१ १९६ ८४ रहेको समेत सार्वजनिक रुपमा देखाई दिएका थिए । यति सम्म कि मानिस भ्रम नपरुन भनेर ३८६ २१२ ०१२९ संख्या समेत त्यहाँ राखिएको छ ।

पिडित संग्रौलाले मेरिल्याण्डमा भएको छदमभेषी फिलाडेलफिया गइ रहेने र उक्त व्यक्तिले आई फोन ८ ,आइ फोन १० आइफोन प्रो ११ चलाएको समेत देखाई दिएका थिए ।

यो गिरोहमा थुप्रै व्यक्तिहरु संलग्न छन् भने मुख्य योजनाकार मल्ल र भट्टराई भएको पुष्टि भएको छ । पिडित संग्रौलाले भोलि बिहान एनआरएन अमेरिका र बिश्वलाई समेत पत्र पठाउने बताएका छन् ।

उनले आफू अझ थुप्रै गोप्य सामग्रीहरु संकलन गरेको भन्दै अमेरिकामा बस्ने सबै नेपालीलाई सजक र सतर्क हुन् अनुरोध गरेका छन् ।