दिपक मनाङे भन्छन् – “मुक्का हानेर ठिकै गरेँ, तपाई पनि हान्नुहोस, मज्जा आउछ”

गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार मुक्का प्रहार गरे । गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन् ।

पटक/पटक विवादमा आइरहने राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए ।

बुधबार मुक्का हान्ने सांसद र मुक्का खाने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ दुवैले घटनाको विषयमा पत्रकार सम्मेलन गरि आ–आफ्ना कुराहरु सार्वजनिक गरेका छन् । एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

बुधबार दिउसो पत्रकार सम्मेलन गर्दै गण्डकी प्रदेशका सांसद राजिव गुरुङले आफुले मुक्का प्रहार गरेर गल्ति नगरेको भन्दै मुक्का प्रहार गर्नु आफ्नो कर्तव्य रहेको उल्लेख गरे । उनले मिलन गुरुङलाई ठग भन्दै ठग्नेहरुलाई यसरीनै ठेगान लगाउनु पर्ने बताए ।