३५ बर्षिया मुक्तिको संघर्षको कथा, जसलाई यो संसार कालो छ साहारा कोही छैनन (भिडियो सहित)

गुल्मी जिल्लाको मालिका गाउँपालिका घमिर कुमाल डाडाँमा हामी रिपोटिङ्गमा पुग्यौ । लगभग ३५ बर्षिया मुत्ति कुमालको घरमा पुग्यौ । सानो घर अनि घरमा एक जना बुढो बुवा ७० बषिर्य गोपाल कुमाल बस्नुहने रहिछ । घरमा आमाको मृत्यु भए पछि मक्तिको जिवन आफुलाई जिवन जस्तो लाग्न छोडयो । किनकी उनले जन्मदेखि नै यो संसार हेर्न पाईन्न । किन की उनले जन्मजात नै आँखाले देख्न सकिन्न । बिबाह गर्नु भएन भन्ने हाम्रो प्रश्नमा उनले आफुले कहिले त्यस्तो नसोचेको प्रतिक्रिया दिइन । म जस्तो आँखा नदेख्नेलाई कस्ले पो लान्छ र त्यही पनि झन दुख दियो भने भन्ने उनको बुझाई थियो । राम्रोसंग बोल्न र भन्न पनि नसक्ने उनिसंग हामी केही बेर कुरा गरेयौ त्यस पछि त्यहाँबाट फर्कियौ अबको क्रममा प्रस्तुत गर्ने चाहान्छौ सोही मुक्ति कुमालको यो भिडियो , दर्शकबृन्द यदि यो भिडियोले तपाईको मन छोयो भने एक सेयर पक्कै गर्नुहोला ।