भेटियो अर्को अचम्मको जोडी,दाइजोका कारण ७० बर्से वृद्धसंग बिहे गर्न बाध्य २० बर्से युवती (हेर्नुहोस भिडियो)

मोरङ जिल्ला बेलबारी छ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्सिय युवती रबिना चौधरीसंग बिबाह गरेका छन । हेर्दा अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ । अचम्मै लाग्ने जोडीको भित्री कहाँनि भने अर्कै रहेको छ । गरिबी अनि दुखै दुखमा जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कारणले बिबाह गर्नुपर्ने बाध्यता भयो । हास्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहित जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष वृद्धसंग आफ्ना रहर इच्छा चाहाना मारेर बिबाह गरेकी उनले बताइन ।

सानैमा आफ्ना बाबुले कान्छी श्रीमती ल्याएर आफुसहित आमालाई बेवास्ता गरेपछी परिवारै आँसुमा डुबेको थियो । गरिबीका कारण निकै बिजोक अवस्थामा रहेकी रबिना चौधरीको घरमा आमा बाहेक कोहि थिएन । रबिनाले भावुक हुँदै भनिन मेरो शरीरमा धाउ खटिरा निस्किएर ओछ्यानमा लडिरहेका बेलामा आफ्नो उपचार गराउन पैसा नभएको र खाना खाने पनि अवस्थामा नभएपछि बिजोक भएको थियो । आमा दिनरात रुदै हिड्नु हुन्थ्यो जसोतसो ६० ७० हजार रिन काडेर आफ्नो उपचार गराएको सम्झिदा अझै आँसु झर्ने बताइन । आफू चौधरी भएकाले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आफुसङ दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बाध्यताले वृद्धसंग बिहे गरेको बताइन ।

उता वृद्धकि पनि जेठी श्रीमतीको मुटुको रोगका कारणले निधन भएपछी एक्ला बनेका वृद्धलाई साहराको खाचो थियो । दुबैजना दुख पाएका भएकै कारण बिबाह गर्नुपरेको उनिहरुले बताए । ती लाउलाउ खाउखाउ भन्ने उमेरकी सानी युवतीले सानैदेखी अहिलेसम्मका उनका कहानी यसरी सुनाउदा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला