हरि योञ्जनको लफंगीलाई दश लाख

गायक तथा सँगीतकार हरि योञ्जनको नयाँ गीत लफंगीले युटुबमा दश लाख बढि दर्शक पाएका छन । विभिन्न समसमायिक र देशप्रेमका शब्दहरु समेटिएको गीतले सार्वजनिक गरिएको केहि दिनमा नै १० लाख दर्शकको आँकडा पार गरेको हो । ब्याटल शैलीमा गाइएको गीतमा योञ्जनलाई गायिका प्रिती आलेले साथ दिएकी छिन । गीतको लोकप्रियता छोटा समयमा नै उचाईमा पुगेका र देश विदेशबाट विभिन्न सकरात्मक प्रतिक्रियाहरु आइरहेको गायक तथा सँगीतकार योञ्जनको भनाई छ । उनले गीतको शब्द र प्रस्तुति दर्शक श्रोताको रोजाईमा परेको बताए ।

यसअघि सिमरन, छुलागं गाँऊ, हेलो मञ्जरीजस्ता युवापुस्तामाझ चर्चित गीतहरु गाइसकेका योञ्जनको छोटो समयमै भाइरल बनेको यो गीत नै पहिलो हो । यसबाट सँगीतमा थप नयाँ नयाँ प्रयोग गर्ने उर्जा थपिएको उनको भनाई छ ।

लफंगी को भिडियो नारायणी किनारमा खिचिएको हो । भिडियालाई शिवराम श्रेष्ठले खिचेका हुन भने समन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा स्वयम गायक हरि योञ्जन र प्रिती आले मुख्य भुमिकामा छन ।