पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै पाँचथरको साधुटार….

फिदिम नगरपालिका ८ मा रहेको पर्यटकीयस्थल साधुटार पूर्वि पहाडको आकर्षक गन्तव्यका बनेको छ। सदरमुकाम फिदिमबाट करिब २७ किलोमिटर दूरीमा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट यो स्थान घुम्न आउनेको संख्या बढ्न थालेको छ।

स्थानीय न्युमुन मुखियाले सुनार जातिहरुले होमादि गरेर आफ्ना इष्ट देवतालाई पुकार्ने थलो भएकोले साधुटार नामांकित भएको सो क्षेत्रमा नवनिर्मित खानेपानीको ट्याङ्की बनाउने क्रममा खेर गएको पानी जमेपछि त्यस क्षेत्रको चर्चा भएको बताए।

केही महिना अगाडि आफूले मोवाइलबाट सेल्फि खिचेर सामाजिक संजालमा हालेको फोटो देखेकै आधारमा यो क्षेत्र यतिका चर्चामा आएको मुखियाको दाबी छ ।
मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार फिदिमका केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको हो ।

त्यसपछि उक्त तस्बिर भाइरल भएसँगै यो स्थान एकाएक चर्चामा आएको छ। अहिले सो क्षेत्रमा दैनिक सयौंको संख्यामा युवा युवति पुग्ने र फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने गरेका छन्।