खुसि ईभेन्टसले ल्यायो मौलिक कौडा गीत, प्रदेशिको माया भन्दै रिया र आनन्दको ठुम्का (भिडियो सहित)

ईटहरी/ हङकङमा रहेर पनि नेपाली कला र सस्कृतीलाई निक्कै माया गर्दै नेपाली संगीत र सिने उधोगलाई प्रबर्द्धन गर्दै आएकी खुशी गुरुङ्गले केही समयअघिबाट आफ्नै खुशी इभेन्ट्स नामक ईभेन्ट कम्पनीको सुरुवात गरेकी छन् । खुशिले हालै भने एक गीतको म्युजिक भिडियो सोही कम्पनी मार्फत सार्बजनिक गरेकी छन । आफ्नो देशको कला सस्कृतीलाई बचाउनु पर्छ भन्ने उद्देश्य सहित उनले मौलिक कौडा गीत सार्बजनिक गरेकी हुन् ।

कौडा नाच पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा, लम्जुङ र गोर्खा जिल्लाहरूमा विशेषगरि मगर, गुरुङ, दुरा जातिको लोकनाच मध्यको प्रमुख नाच भित्र पर्छ । सार्बजनिक ‘प्रदेशिको माया’ बोलको गीतमा चर्चित गायिका चिजा तामाङ र अर्का चर्चित गायक बिमल परियारको सुमधुर स्वर रहेको छ । चर्चित सर्जक शिव हमालको शब्द तथा बिमल परियारको संगीत रहेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

गीतको भिडियोलाई चर्चित निर्देशक दीप गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । सार्बजनिक भिडियोलाई तनहुँमा अवस्थित बन्दिपुरको रमणीय स्थलहरुमा छायांकन गरिएको छ । पश्चिमन्चल सास्कृतिक केन्द्रको पर्दामा निर्माण गरेको यो म्युजिक भिडियोलाई मधुर बस्नेतले खिचेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोमा आनन्द गुरुङ र गुरुङ्ग चलचित्रकि चर्चित नायिका रिया गुरुङ्गको जिवन्त अभिनय हेर्न सकिन्छ ।

निर्देशक गुरुङ्गले गीतमा मौलिक कलासस्कृतिलाई मध्यनजर गरि फरक शैलीमा निर्देशन गरेका छन् । भिडियोलाई खुसि ईभेन्टसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्बजनिक भिडियोको प्रस्तुतकर्ताको रुपमा रहेको खुशी ईभेन्ट्सकी संचालिका समाज सेवामा पनि निकै सक्रिय छिन भने खुशिले हङकङमा नेपालबाट विभिन्न नया तथा चर्चित कलाकार लगेर कार्यक्रमहरु गर्दै आईरहेकी छन ।