पाँचमा खाना बेच्ने दाइले गरे मनै रुने यस्तो काम,चिसो सडकमा रात काट्ने आँखै नदेख्ने वृद्ध र बच्चालाई सहयोग (भिडियो हेर्नुहोस)

पाँच रुपैयाँको खाना बेच्ने कुमार राइले गरे मनै छुने अर्को काम चिसो सडकमा जीवन बिताउने बिजोक अवस्थाको एउटा आँखा नै नभएका वृद्ध र उनका परिवारलाई लत्ताकपडा सहयोग गरेका छन । लत्ताकपडा पाएपछी वृद्धले आँसु खसाल्दै यस्तोसम्म भने कि सुन्दा सबैको मनै छुनेछ । दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खाना बेचेर पुन्य कमाइरहेका कुमारले आफुले सधै जाडोमा चिसो कपडामा देखेको हुनाले सहयोग गर्न मन लागेको बताए ।

उनले पाँच रुपैयाँमा खाना बेचेर इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले केही दिन अगाडिबाट नै ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएका थिए । सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगका लागि पनि भनेर कसैले धेरै कसैले थोरै आफुले सकेजती सहयोग गर्ने गरेको बताएका छन । सो अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन ।

उनीहरुले सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएर सबैलाई अचम्मैमा पारेका छन । खाना खाने मानिसहरुको बिहानबाटै घुइचो लागेको छ यहाँ सारै बिपन्न परिवारका मानिसहरु धेरै आउने गर्छन । यश अभियानले धेरैले राहत पाएका छन । पाँच रुपैयाँमा खाना बाढेर मृगौला पीडितलाई सहयोग गर्दै गरेका कुमार राईले दमकका सडकमा बिजोक अवस्थामा रहेका आँखा नदेख्ने वृद्ध उनकी बिरामी श्रीमती र सानो नानी रहेको एक परिवारका तिनैजनालाइ जाडोमा एकसरो कपडा बितरण गरेका छन ।

यो संगै पाँच रुपैयाँको खाना बेच्न थालेको पहिलो दिनदेखी नै उनिहरुलाइ खाना खुवाउदै आएका थिए कुमार राइले कपडा पाएपछी ती एउटा आँखा नै नभएका वृद्ध उनकी बिरामी श्रीमती र सानो छोराले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला ।