गोविन्द चापागाईको नयाँ गीतमा पशुपति शर्माको बेजोड नृत्य (भिडियो)

राजु केसीको लय शब्दमा युवा गायक गोविन्द चापागाई, कृष्ण पौडेल र निरा क्षेत्रीको लोक तथा दोहोरी गीत बाबियो बजारमा आएको छ । स्याङ्जा महोत्सव स्थलमा छायंकन गरिएको गीतमा चर्चित गायक पशुपति शर्माको नृत्य समेत समावेश गरिएको छ । मालाश्री स्टुडीयो काठमाण्डौमा रेकर्ड भएको गीतमा सागर बिरहीको एरेन्ज रहेको छ । होम गुरुङको कोरियोग्राफी तथा निर्देशनमा गीतको म्यूजिक भिडियो बनेको हो । गीतमा पूर्ण गुरुङ र शर्मिला पौडेलको अभिनय रहेको छ भने गणेश सापकोटाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टूडियोमा सुबास अम्गाईले सम्पादन गरेका हुन् ।