कास्मीरमा ज्यान गुमाउने अर्जुनको घरमा पुग्दा ७० बर्षका बुबाले क्रिया गरे, बिहे गरेको ५ महिनामै श्रीमतीको सिउँदो पुछियो (भिडियो)

जम्मु कास्मीरमा
लडाइँमा मरे नी मन बुझाउ हेरी तस्बिरमा..

यो गीत गोरखाका अर्जुन थापाले सायद बाल्य कालमा सुनेको हुन पर्छ । धेरै बर्षै पहिले बिष्णु खत्रीले गाएको यो गीत अहिले ठ्याक्कै अर्जुनको जीवनसंग मेल खायो । गोरखा नगरपालिका वडा नं. ५ रीप गाउँ अर्जुन जो भारतीय सेना थिए, पाकिस्तानी सेनाको फाईरिङमा परेर जम्मुकास्मीरमा उनको ज्यान गयो । बिहे गरेको पाँच महिना मात्र भएको बेला भारतीय भूमीमा अर्जुनले ज्यान गुमाए ।
ज्यान गएको करिब १२ दिन अगाडी छुट्टीएका श्रीमानको शस्वमा माला चढाउँन पुगिन श्रीमती, फेरी नियतीले पनि यस्तै बनायो पश्चिम बंगलामै पुगेर आफ्ना एकमात्र छोरा अर्जुनलाई ७० वर्षीय बुवाले भारत पुगेर दागबत्ती दिए । ५ महिना अघि विवाह गरेका अर्जुनकी श्रीमतीको वेहाल भएको छ । फोनमा कुरा गर्दा गर्दै आफ्ना पति गुमाएकी अर्जुनकी श्रीमती अर्ध मुर्छित अवस्थामा छिन् । हामी उनको घरमा पुग्दा समेत उनलाई भेट्न सकेनौं, ७० बर्षका बुबा छोराको काजक्रियाको लागि सेतो पहिरनमा थिए ।