“प्रेम गर्ने जन्तर” बोलको म्युजिक भिडियो सार्वजनिक

नेपाली चलचित्रमा लागेको झन्डै ५ वर्ष पुरा भइ सकेको छ, तर अहिलेसम्म न उनको कुनै गसिप बाहिरिएको छ न त कुनै कन्ट्रोभर्सीमा उनि परेका छन् । स्विट ट्वेनटिजका यी नायक अहिलेसम्म पनि सिङ्गल नै छन् ।

सायद अव चाहि नाजिरलाई जीवनमा प्रेमको अभाव महसुस हुन थालेर होला उनि प्रेम गर्ने जन्तरको खोजीमा छन् । बेजोड अभिनय भएका नायक नाजिर आफ्ना गाउका पण्डित बाजेलाई प्रेम पार्ने जन्तर बाधिदीन आग्रह गर्दै छन् ।

नाजिरले यो आग्रह रियलमा नभएर रिलमा गर्दै छन् । हालै उनको “प्रेम गर्ने जन्तर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डिजिटल नेपालबाट सार्वजनिक भएको गीतमा नाजिर संग डेब्यु मोडल सरुसा महर्जनले जोडी बाधेकी छिन् । गीतमा रचना किरण पहाडीले गरका हुन् भने दीपक महर्जनको स्वर छ । महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको कोरियोग्राफी रहेको भिडियोलाइ हरि घले लामाले खिचेका हुन् । रोशन श्रेष्ठले निर्देशन गरेको भिडियोमा सम्पादन सुरेश बाडेको छ ।