हास्य टेलिफिल्म ‘लाै खत्तम’ टिमले मनायो प्रसारणको गाैरवमय ५२ औँ भाग

काठमाडौं : डाइमण्ड अनलाइन टिभीको प्रस्तुति रहेको हास्य टेलिफिल्म ‘लाै खत्तम’ टिमले प्रसारणकाे गाैरवमय ५२ औँ भाग पुगेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी कलाकार तथा टिमलाई सम्मान गर्दै भब्यताको साथ मनाएको छ । बरीष्ठ कलाकार उत्तम केशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी केशीले केक काटेर सुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी केशीले युट्युबको हास्यटेलिफिल्महरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोमा लौ खत्तम टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी हिम ग्याप लामा ‘टासी’ले टेलीफिल्मले छोटो समयमा दर्शकहरुको मन जित्दै गौरबमय ५२ भागमा पुगेकोमा सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

डाइमण्ड अनलाइन टिभीका अध्यक्ष तथा कलाकार राजकुमार कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै कुँवरले उपस्थित सबैप्रती आभार ब्यक्त गर्दै आफुले सदैब टेलिफिल्म टिमलाई सहयोग गरिरहने प्रतिबद्दता ब्यक्त गरेका थिए । यस्तै अतिथी प्रदिप रसाइलीले पनि सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

राजकुमार रायमाझीको सन्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक गोबिन्द दुलाल, कलाकार बर्षा सिलवाल, निर्देशक द्वय अनिल जिसी र बिशाल केशी लगाएतले टेलिफिल्म यहाँ सम्म ल्याइपुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रसारण हुन थालेको छोटो समय देखी नै दर्शकहरूकाे अपार माया पाउन सफल भएकाे कारणले आफुहरु ५२ औँ भागको यात्रा सम्म सजिलै प्रबेश गरेको निर्देशक द्वय अनिल जिसी र विशाल केसीले बताएका थिए ।

राजकुमार कुँवरको परिकल्पना रहेको टेलिफिल्ममा अनिल जि.सि. (रिठ्ठे), विशाल के. सि., दिप शेर्पाली (चतुरे) वर्षा सिलवाल (रमाईली), कृष्ण दुलाल, अनिसा भण्डारी, सम्राट घिमिरे (चाेक्टे), कृष्ण जि. सि., (जुङगे), सबिता अधिकारी, सराेज कुवंर, लक्ष्मि लामा, स्मृति शर्मा, सानू सिलवाल र चिनि काजि साक्य लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

टेलिफिल्ममा छायाँकन बिबेक खड्का (मुस्कान), सम्पादन देवि गुरूङ, पोस्ट प्रोडक्सन डाइमण्ड अन्लाईन टि.भी, गीत/संगीत मनि ताम्लिङ / अम्बिका राई, शिर्ष गित सुरेन तामाङ र सह-निर्देशन दिप शेर्पालीको रहेको छ । कार्यक्रमको मिडिया सन्योजकको रुपमा लुम्बिनी टिभी डट कमका किसन अर्याल रहेका थिए ।